हिमांशु राय,मोरङ बेलबारी । नेपाल साँस्कृतिक महासंघ को विशेष बैठक विभिन्न महत्त्वपूर्ण निर्णय हरु द्वारा सम्पन्न भएको कुरा नेपाल पत्रकार महासंघको सभा हलमा पत्रकार सम्मेलन मार्फत नेपाल साँस्कृतिक महासंघ ले जानकारी दिएको छ।
लोकतान्त्रिक समाजवादको लागि लोकतान्त्रिक संस्कृति भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै कोशी प्रदेश को राजधानी विराटनगरको मारवाडी सेवा सदनको सभाहलमा यहि २०८१ मंशिर २४ र २५ गते सम्पन्न भएको साँस्कृतिक महासंघको विशेष बैठकले स्रष्टा,सर्जक,कलाकार र समस्त संस्कृतिकर्मी हरुको सम्मान,सुरक्षा र पहिचान र उन्नयनको निम्ति ससक्त रुपले आफ्ना गतिविधिहरुलाई अघि बढाईरहेको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ।

साँस्कृतिक महासंघका महामन्त्री शिवशंकर प्रसाद रिजालले महासंघको केन्द्रीय कार्यसमिति,महासंघ संग आवद्ध विधागत संघका अध्यक्षहरु,महासंघका प्रदेश अध्यक्षहरु र महासंघका जिल्ला सभापति हरुको संयुक्त विशेष बैठक द्वारा पारित ६ बुँदे निर्णयहरुलाई उपस्थित पत्रकारहरुका माझ जानकारी दिनुभएको छ।
साँस्कृतिक महासंघका केन्द्रीय सभापति तिर्थ बहादुर थापा ले पत्रकारको प्रश्नको जवाफमा कलाकार तथा संस्कृतिकर्मीहरु एकता बद्ध भई अघी बढ्नुको कुनै विकल्प नरहेको र नेपाल साँस्कृतिक महासंघ सबै कलाकारहरुको सम्मान र पहिचानको लागि निरन्तर लडिरहेको यथार्थतालाई उजागर गर्दै
विशेष बैठकको निर्णयहरुलाई ७ प्रदेश र ७७ जिल्ला तथा पालिकाहरुमा कार्यान्वयनको लागि यथासिघ्र महासंघले केहिदिन भित्र मै परिपत्र गर्ने र तोकिएकै समयमा महासंघको सबै तहको अधिवेशन सम्पन्न गर्न नेपालि काङ्ग्रेस केन्द्रीय कार्यसमिति संग प्रतिनिधी तोक्न अनुरोध गर्ने समेत बताउनु भएको छ।










