Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

किर्तिपुरकाे नगर प्रमुखमा कसले मार्ला बाजि !

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 6, 2024

काठमाडौं । राजनीतिक दलहरू स्थानीय तहको उपनिर्वाचन केन्द्रित भएका छन् । आगामी मंसिर १६ गते स्थानीय तहका ४४ पदमा उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले उपनिर्वाचनका लागि आवश्यक तयारी तीव्र पार्दै लगेको छ । कुनै राजनीतिक दल उम्मेदवार छनोटमा व्यस्त छ भने कुनैले उम्मेदवार तय गरिसके ।

आयोगका अनुसार कोशी प्रदेशमा ९, मधेस प्रदेशमा ७ पद, बागमती प्रदेशमा ७ पद, गण्डकी प्रदेशमा १ पद, लुम्बिनी प्रदेशमा ६ पद, कर्णाली प्रदेशमा ८ पद र सुदूरपश्चिममा ६ पदमा निर्वाचन हुन लागेको हो ।

र्निाचन आयोगका अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिकामा प्रमुख, मोरङको रामग्राम नगरपालिकामा अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिकामा उपाध्यक्ष, रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा उपाध्यक्षमा उपनिर्वाचन हुँदैछ । दैलेखको महाबु गाउँपालिकामा अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुख, हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष, कैलालीमा जिल्ला समन्वय समिति प्रमुख पदमा उपनिर्वाचन हुँदैछ । यसबाहेक अन्य स्थानमा वडाध्यक्ष र सदस्य पदमा उपनिर्वाचन हुँदैछ ।

४४ पदका लागि निर्वाचन हुन लागेको भएता पनि काठमाडौंको कीर्तिपुर नगरपालिकामा प्रमुखको उपनिर्वाचनको चर्चा दलहरूका बीचमा ज्यादा छ । संघीय सरकारको नेतृत्वकर्ता दल एमालेले डा. सुरेन्द्र मानन्धरलाई अघि सारिसकेको छ । एमालेको कीर्तिपुर नगर कमिटीले सर्वसम्मत रूपमा उनलाई उम्मेदवार बनाउने निर्णय गरेसँगै चुनावी अभियान पनि सुरू गरिसकेको छ ।

माओवादी केन्द्रले कीर्तिपुर नगरपालिकाको मेयर पदमा प्राध्यापक डाक्टर शिवशरण महर्जनलाई उमेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसले भने उम्मेदवार तय गरिसकेको छैन । कांग्रेसको कीर्तिपुर नगर समितिले ११ जना आकांक्षीको नाम क्षेत्रीय समितिमा सिफारिस गरेको छ ।

नगर समिति सभापति कृष्णमान डंगोललाई पहिलो नम्बरमा राखेर नाम पठाइएको छ । त्यसपछि क्रमशः बद्रीलाल महर्जन, हिमाल कार्की, जमुना नकर्मी, संगीत बोगटी, सशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जनको नाम सिफारिस भएको छ ।

पहिलो नम्बरमा नाम सिफारिस भएका कृष्णमान वर्तमान नगर सभापति हुन् । तेस्रो कार्यकालका लागि नगर समिति सभापति रहेका उनी ललितकला क्याम्पसका पूर्वस्ववियू अध्यक्ष हुन् ।प्रमुख तीन दलले स्थानीय रुपमा पकड जमाएका र विश्वास गर्न सक्ने व्यक्तिलाई उम्मेदवार बनाएर चुनाव जित्ने नीति अवलम्बन गरेको देखिन्छ ।

आवधिक चुनाव भएको करिब आधा समय भएको बेला स्थानीय तहको उपनिर्वाचन हुन लागेकोले यसलाई राजनीतिक दलहरूको जनमत परीक्षणको रुपमा हेरिएको छ । यसमा पनि दलहरूले काठमाडौंको कीर्तिपुर नगरप्रमुखको पदको चुनावलाई प्रतिष्ठाकै रुपमा लिएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उमेदवारले मतदातालाइ प्रलाेभनमा पार्ने आशंकामा सादा पाेशाककाे प...

  • March 4, 2026

माैन अवधिमा पैसा बाँढ्ने जसपा उमेदवार यादव पक्राउ

  • March 4, 2026

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved