काठमाडौं । सहकारी ठगी प्रकरणमा संलग्न भएको पाइएपछि रास्वपा सभापति रवि लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
पक्राउ पुर्जी जारी भएपछि लामिछानेले सरकार विरुद्ध कडा विज्ञप्ती दिएका छन् । उनले सरकार मरेको र जुठो भने आफूहरुलाई परेको बताएका छन् ।

त्यस्तै भाटभटेनीका साहु मिनबहादुर गुरुङले दिएको जग्गा घुस प्रकरणलाई अन्यत्र मोड्नका लागि आफूलाई पक्राउ गरिएको र एमाले कार्यकर्ताले ८७ अर्ब सहकारी ठगी गरेको आरोप समेत उनले लगाएका छन् ।










