काठमाडौं । नेकपा एमाले मकवानपुरले चाडपर्वको अवसरमा पार्टीले आयोजना गर्ने शुभकामना आदान प्रदान तथा चियापन लगायतका सम्पूर्ण कार्यक्रमहरु स्थगीत गरेको जनाएको छ ।
सोमबार एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले विज्ञप्ती जारी गरी असोज ११ र १२ गतेको वर्षाको कारण मुलुकभर भएको जनधनको क्षती प्रति दुःख व्यक्त गर्दै सम्पूर्ण कार्यक्रमहरु स्थगीत गरेको जानकारी दिए ।

विज्ञप्तीमा ईन्द्रसरोवरको वत्सला माविमा एन्फा एकेडेमीका प्रशिक्षार्थी ६ जना र बागमती गाउपालिकामा घरमा पुरिएर १ जनाको असामयीक निधन प्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण तथा घाईते सबैको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
एमाले मकवानपुरलले वर्षाबाट मकवानपुरका दश वटै पालिका प्रभावित भएको जनाउदै राज्यको सबै निकायले छिटो भन्दा छिटो एकिकृत सोचका साथ आउदै गरेको चाडपर्वहरु समेतलाई ध्यानमा राखेर ग्रामिण किसानहरुमा पर्न सक्ने समस्यालाई समाधान गरी पुनःनिर्माणमा ध्यान केन्द्रीत गर्न समेत माग गरेको छ ।
साथै अझै पनि मनसुन नसकीएको र बर्षात हुन सक्ने साथै सुख्खा पहिरो जान सक्ने अवस्था कायमै रहेकोले यस प्रति सचेत रहँदै सवै मातहतका कमिटीहरुलाई सकीयता र सजकता पुर्वक कृयासिल रहदै राहत र उद्वारमा जुट्न अपिल गरिएको छ ।











