डिकेन्द्र बस्नेत, झापा । दमक ८ मा रहेको रास्ट्रिय बहुमुखी सहकारी संस्था स्थापना भएर २५ वर्ष पुगेको अवसरमा संस्थाले विभिन्न विधामार्फत सम्मान तथा पुरस्कृत गरि आफ्नो २५ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
कस्मिक पार्टी प्यालेसमा बिहीबार सम्पन्न साधारण सभामा रास्ट्रिय बहुमुखी सहकारी संस्थाका अध्यक्ष लछुदास सोताङ (एल.डि) राईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने संस्थाको लेखा तथा सुपरीवेक्षण समितिका संयोजक सुरेन्द्र लिम्बूलेले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। त्यस्तै, लेखा परीक्षणको प्रतिबेदन सहित तिनै प्रतिबेदन संस्थाको बन्द सत्रले सुझाव सहित पारित गरिएको निमित्त ब्यबस्थापक मातृका देवानले जानकारी दिनुभयो।

२५ औं वर्ष पुगेको अवसरमा केक काटेर सञ्चालक समिति तथा सेयर सदस्यहरुबिच खुशी साटासाट गरिएको वार्षिक सभाको प्रमुख अतिथिमा संस्थाका जेष्ठ, एवं सल्लाहकार तथा पुर्व अध्यक्ष लोक प्रसाद कन्दङवा रहनु भएको थियो ।
सोही अवसरमा उत्कृष्ट कर्मचारीका रूपमा सह-लेखापाल पूर्णिमाया राई , ज्येष्ठ शेयर सदस्यतर्फ लोकप्रसाद कन्द्ङवा, पुर्णिमाया बेघा राईलाई सम्मान गरिएको थियो । यसैगरि, उत्कृष्ट कारोबारीतर्फ मनु लिम्बू, शुष्मा राई, टीकाराम लिम्बू, सपना राई, सृजना तामाङ, नवीन कुमार श्रेष्ठ, चामबहादुर बस्नेत, गोमाकुमारी देवान, निर्मला लिम्बू, जयकुमारी राई, कृष्णप्रसाद धिमाल, देउ प्रसाद तामाङ, साबित्रा ढकाल , कटयाउरी लिम्बूलाई सम्मान गरिएको थियो । उत्कृष्ठ कारोबारीहरुलाई संस्थाले इलेक्ट्रिक किट्ली, सम्मानपत्र प्रदान गरिएको थियो ।
यसैगरी संस्थाले बर्सेनि वितरण गर्दै आएको सैनिक तर्फको सम्मानबाट भारतीय भुपु सैनिक संस्थाका शेयर सदस्य हिन्दप्रसाद लिङ्देन, पूर्व बृटिस सैनिकका हस्तबहादुर राई र नेपाल पुलिस भुपु मौलबहादुर राईलाई सम्मान गरिएको थियो । उनीहरुलाई प्रमुख अतिथि कन्द्ङवा सहितका अतिथिहरुले सम्मान हस्तान्तरण गरेका थिए ।
१०५२ शेयर सदस्य रहेको संस्थाको शेयर पूंजी कुल आम्दानी ४ करोड ४२ लाख ५२ हजार ३ सय, कुल लगानी २२ करोड ९८लाख २९ हजार ७ सय ६६ , निक्षेप २० करोड ८० लाख ९० हजार ३ सय ५८ रुपियाँ भएको प्रतिबेदनमा उल्लेख छ ।
सो सभाको संचालन संस्थाका सचिव दिपेन बाला राईले गरेका हुन भने सहकारीका उपाध्यक्ष कृष्णबहादुर गोलेले स्वागत गर्नुभएको छ।
साधारणसभाका शुन्य समयमा सहभागि सर्जकहरु सुमित्रा वांगदेल चेली, बिमल लामिछाने,जीवन बेघा लगायतले आआफना रचना पाठ गरेका थिए।











