Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

धार्मिक संम्रचना माथि पास्टरकाे गिद्धे नजर,भत्काएर चर्च गरे भागबण्डा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 12, 2024

नेपालको संविधान धारा २६ को २ अधिकारलाई प्रयोग गर्दै आफ्नो आस्था अनुसारको गुठी दर्ता गरी सञ्चालन गर्ने व्यवस्था बन्यो । मुलुकी देवानी संहिता २०७४ को गुठि सम्बन्धि व्यवस्था गरेको छ । त्यहि देवानी संहिताको परिच्छेद ६ मा गुठी सम्बन्धी व्यवस्था बमोजिमको गुठी दर्ता गर्न नेपाल सरकारबाट २०७७ दर्ता गर्ने प्रावधान बनेको छ । “गुठी दर्ता सम्बन्धी निर्देशन २०७७ ” ७७ जिल्लाको मालमोत कार्यलयका अधिकृतहरूमा निर्देशन जारिएको छ । त्यसै अनुरूप नेपालमा भएका चर्चहरू सार्वजनिक गुठीमा गएर सम्पूर्ण सम्पत्तीको सुरक्षा गर्न सकिन्छ ।

तर याे व्यवस्था रहँदा रहँदै पनि ललितपुरकाे नखिपोट लोहाचोक स्थित नवोदय चर्चमा पास्टरहरू बिचमा आपसी मतभेत र असहमत भएका कारण चर्च भवन नै फुटाएर भागबण्डा गरिएको छ । नेपालमा चर्चहरू फुट्नु र भागबण्डा हुनु नाैलो कुरा होइन तर बेमेलका कारण बनिसकेको चर्च भवन नै फुटाएर भागबण्डा हुनुले पास्टरिय सेवाकाइमाथि नै प्रश्न खडा भएको छ ।

३७५.५९ र ३८१.५५ ब.मी क्षेत्रफल भएको जग्गा पास्टर एलिया प्रधान र पास्टर तेज जिरेलकी श्रीमती ज्योतिमाया लामा तथा भगवती घलेको नाममा रहेकाे बुझिएको छ । विश्वासीहरूले मिलेर परमेश्वरको नाममा किनेको जग्गामा बनेको चर्च भवन भागबण्डाको कारण भत्काइदैछ छ । चर्चको जग्गा व्यक्तिगत नाममा राख्नाले भागबण्डा हुँदा चर्च भवन आधा-आधा पार्नुपर्ने बाध्यता सृजना भएको छ। “अग्रज पास्टरहरूको यस्तो व्यवहारले विश्वासीहरू निरास भएको र पक्ष विपक्ष हुदा देसभर रहेकाे ख्रीष्टियनहरुकै गवाहि विग्रिएको” चर्चका एक सदस्यले गुनासाे गरेका छन् र अर्का एक अगुवाले यसको दीर्घकालीन समाधान नखोजे सम्म चर्चको सम्पत्ती भागबण्डाको जोखिम रहिरहने बताए ।

गल्ति जुनसुकै पक्षको भएतापनि चर्च भवन नै टुक्रा पार्नुले नेपाली इसाइ समुदायमा कस्तो छाप दिन्छ त्यो भने भविष्यले देखाउने छ ।  प्रेम, क्षमा र एकता प्रचार गर्नेहरू पास्टरहरूबाट नै यस्ता क्रियाकलाप हुनुले चर्चको सम्पत्तिहरू असुरक्षित छन् ।

चर्चकाे जमिन,भवन तथा बाईबल कलेजकाे जमिन बेचेर अनियमितता गरेकाे मात्र हैन समाधिस्थलकाे लागि गरिद गरेकाे जमिन समेतमा पास्टरहरुकाे कुदृष्टि परिरहेकाे त थियाे नै तर सेवारत चर्चनै भत्काएर भाग बण्डा गरिनुले नेपालका ख्रीष्टियन पास्टर भनिनेहरु धर्मकाे नाममा स्वार्थि रहेछन् भन्ने याे चर्च भागबण्डा काण्डले प्रमाणित गरेर देखाई दिएकाे छ।

तस्विर: सुमित नेपाली

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

उम्मेदवारविरुद्ध भ्रामक सामग्री फैलाउने माथि कार्वाही गरियाेस...

  • March 3, 2026

निर्वाचन गस्तिमा रहेकाे प्रहरी माथि आक्रमण

  • March 3, 2026

कङ्गोस्थित यूएन मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved