काठमाडौं । विभिन्न समय र दलहरु सँगकाे छलफल तथा एकता प्रायस पछि अन्तत संयुक्त नागरिक पार्टी र आमूल परिवर्तन रिपव्लिकन पार्टीबिच पार्टी एकता भएको छ।
ललितपुरकाे धाेबिघाट स्थित सिद्धार्थ कटेजमा आज आयोजित कार्य क्रममा दुई पार्टी बिचकाे एकता घोषणा भई आमूल परिवर्तन नागरिक पार्टी नामाकरण गरिएको छ।

आमूल परिवर्तन रिपब्लिकन पार्टीका अध्यक्ष भरत गिरि तथा संयुक्त नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामीले संयुक्त रुपमा पानसमा बत्ति बालेर पार्टी एकता कार्यक्रमकाे उद्घाटन गरेका थिए भने कार्यक्रममा उपस्थित विभिन्न वक्ताहरूले बधाई दिंदै आ-आफ्ना मन्तव्य राखेका थिए।
दुबै पार्टीका अध्यक्ष धार्मिक समुदायका अगुवा रहेकाे कारण कार्यक्रममा प्राय: धर्मगुरुहरुकाे उपस्थिति थियाे भने जनजाति नेता आङकाजि शेर्पा समेतलाई अतिथिकाे रुपमा निम्त्याएको थियाे। कार्यक्रममा बाेल्दै अध्यक्ष गिरिले आध्यात्मिक भाैतिकवादले मात्र याे देस परिवर्तन हुने हुनाले आध्यात्मिकताकाे एजेन्डा मिल्ने पार्टीहरु एकता गरेर गघि बढेकाे बताए।
घोषित पार्टीका अध्यक्ष द्वय भरत गिरि तथा दलमर्दन कामीले पार्टी एकताले पूर्णता पाए पनि अझै गृहकार्य भइरहेको र अन्य पार्टीहरूलाई पनि एकतामा ल्याउने प्रयास भइरहेको बताए।
तर, यी दुईवटा पार्टीको एकतालाई लिएर विभिन्न सञ्जालकर्ताहरुले यसलाइ सञ्जाल तताउने बिषयका रुपमा लिएकाे देखिएकाे छ।
एकताकाे हर प्रयास गरेकाे तर उनिहरुकै कारण हामी एकतामा जान नसकेकाे भन्दै जनजागरण पार्टीका अध्यक्ष डा.बि.पी.खनालले आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरुलाई हतास नहुन भनेका छन् ।










