डिकेन्द्र बस्नेत, झापा । किङ्स नेपाल क्रिएसनको आयोजनामा “ इन्टर स्कुल प्रिन्स एण्ड प्रिन्सेस मोडल आइकन २०२४ ” सिजन २ को ग्रान्ड फिनाले शनिबार सम्पन्न भएको छ ।
दमक स्थित हिमालय माध्यमिक विद्यालयको प्राङ्गणमा भएको ग्रान्ड फिनालेको जर्जमा कोरियोग्राफर लक्की मान केसी, फेसन डिजाइनर नवीन लुइँटेल, फेसन डिजाइनर विवेश राई, मिस पुर्वाञ्चल २०१३ नेहा बजाज, आरके इन्टरटनेशनल तथा मिस ग्रान्ड नेपाल किन्डर गार्डेनकि सिइओ निशा आचार्य साथै मिस ग्रान्ड नेपाल २०२४ कि विजेता विस्णु गुरुङ थिए।

कार्यक्रममा नेपाली संस्कृति झल्काउने बहुकल्चरल नृत्य, साथै दमकमा रहेको डान्स सेन्टरले सांगीतिक तथा नृत्य प्रस्तुत गरेका थिए ।
सो प्रतियोगितामा जुनियरतर्फ ७ वर्ष देखि ११ वर्षको उमेर समुह र सिनियरतर्फ १२ देखि १७ वर्षको उमेर समुह गरि दुई विधा छुट्टयाइएको थियो । जस्मा झापा र मोरङबाट सहभागी भएका थिए।
प्रतियोगिहरु फाइनलमा आइपुग्दै गर्दा विभिन्न चरणहरु पार गर्नु परेको थियो । आफ्नो कला र सुन्दरताले अन्य २२ प्रतिस्पर्धीलाई पछि पार्दै प्राप्ती दुलाल सिनियर तर्फ सिजन २ को विजेता बनेकि हुन भने ब्वाइजतर्फ प्रिन्स सुमन तामाङ बनेका छन यस्तै जुनियर तर्फ दिपिका खनाल विजयी भएकि छिन । मिस क्याटवर्क तथा अर्गनाइजर च्वाइजमा रेविका बस्नेत चुनिएकी छन्।
सबटाइटलमा क्रमशः मिस कन्फिडेन्स मानसि अधिकारी, मिस सुन्दरी – मान्यता चौधरी, इन्टलेक्चुयल – प्राप्ति दुलाल, हार्डवर्किङ – अंकिता थापा, ग्लामरस तथा फोटोजेनिक – विवाशा राजवंशी, मिस्टर क्रियटिव – सुमन तामाङ, मिस पोलाइट – साम्ङ लिम्बू , मिस्टर जेलटन्मेन्ट – देव घिमिरे,मिस डिसिपिलिन – विवाशा लोहनी, मिस हस्पिटलिटि – दिपिका खनाल, राइजिङ स्टार – इङसा लिम्बू, प्रसानिलिटि – सोनिसा लिम्बू, मिस मोडल आइकन -आयुस्मा विस्ट क्विक लर्निङ – कृषा गौतम चुनिएको किङ्स नेपाल क्रिएसन प्रालिका निर्देशक कृष्ण साहले जानकारी दिए ।
यो सानो उमेरमा , यो अवस्थामा यतिको प्रस्तुति दिनु ठुलो कुरा रहेको हिमावि स्कुलका प्रिन्सिपल दोर्ण श्रेष्ठले बताएका छन । यस्तै मुख्य जर्ज रहेका लक्की मान केसीले भने सुन्दरता सगै ब्रेन पावरका आधारमा विजेता छानिएको बताए ।



















