काठमाडौं । बाह्रबर्षे जनयुद्धबाट गणतन्त्र स्थापित भएपश्चात नेपालमा साना दलहरु खाेलिने क्रम तिब्रभएसँगै नेपाली ख्रीष्टियन समुदायबाट पनि २०६४ देखि आज सम्म आईपुग्दा झण्डै एक दर्जन हारारिमा राजनितिक दलहरु खुलेकाे देखियाे।
नेपालिभाषि तिसाैँ लाख ख्रीष्टियनहरुकाे पक्षमा न्यायकाे लागि लड्छाैँ भन्ने सबै दल र तिनका नेताहरुकाे एजेण्डा भयपनि पद र स्वार्थका कारण नै विभिन्न नाममा पार्टीहरु थपिएकाे देखिन्छ।

यद्धपि ख्रीष्टियन समुदायका माननीय भने जनजागरण पार्टीको तर्फबाट लाेकमणी ढकाल र एकनाथ ढकाल बाहेक अन्यले पाएका छैनन् तिनी पनि समानुपातिकका रुपमा माननीय भएका हुन्।
राष्ट्रिय राजनितिमा परिचय बनाएका ठुला भनिने दलहरुमा रहेर केही समय राजनिति सिकेका नेताहरुले याे समुदायमा संख्या बढेकाेदेखेपछि छिट्टै सांसद बन्ने सपना देखेकै कारण अन्य पार्टीहरुले पनि याे ख्रीष्टियन समुदायलाई निर्वाचनकाे बखत भाेटबैंककाे रुपमा लिनेगरेकाे उदाहरणहरु छ।
ख्रीष्टियन अगुवाहरुकाे नेतृत्वमा बनेकाे राजनिति दलहरु :
नेपाल परिवार दल : एकनाथ ढकाल
नेपाल राष्ट्रिय दलित परिषद: कैलासशाह संङ्कर
राष्ट्रिय मुक्ति आन्दाेलन : डा.जयवन्त बिक्रम शाह
जनजागरण पार्टी नेपाल : लाेकमणि ढकाल
जनप्रजातानत्रिक पार्टी : गुणराज बि.क.
पिपुल्स पार्टी : शेरबहादुर कार्की
नेपाल दलित पार्टी : मेघबहादुर बि.क.
आमूल परिवर्तन मसिह पार्टी : भरत गिरि
सामाजिक एकता पार्टी : सि.बि.गहतराज
नागरिक एकता पार्टी : दलमर्दन कामी
उल्लेखित पार्टीहरु केही मात्र अस्थित्वमा रहेका छन् भने धेरैजसाे आपसमा एकीकरण समेतभएका छन् र हुने क्रम जारि रहेकाे देखिन्छ।
परिवार दल पार्टी अलग रहेपनि नेकपा एमाले सँग मिलेर एकनाथ ढकाल एमालेकाे समानुपातिक काेटामा माननीय रहेका छन् भने जनजागरण पार्टी र आमुल परिवर्तन मसिह पार्टी पटक पटक एकताकाे प्रकृयामा थिए ।
आपसमा नेताहरुकै अबिस्वासका कारण न त राष्ट्रिय मुक्ति आन्दाेलन र जनजागरणकाे एकता भयाे न त जनजागरण र राष्ट्रिय मुक्ति आनदाेन।
यस्तै ,राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालकाे अध्यक्षबाट राजिनामा दिएर राजनेता बन्ने खरानिकाे सपना देखेका सि.बि.गहतराजले समेत गत संसदीय निर्वाचनताका सामाजिक एकता पार्टी गठन गरे र विभिन्न क्षेत्रबाट उमेदवार उठाए अनतत हातमा लाग्याे शुन्य भएपछि तेहि बखत लिएकाे ऋण चुक्ता गर्न नसक्दा पार्टीका महासचिब रहेका प्रेम बहादुर कार्किलाई पार्टी सुम्पिएकाे बुझिएकाे छ भने सबै सँग एकताकाे बिस्वास नगर्ने अर्का आमूल परिवर्नत मसिह पार्टी हालसालै खुलेकाे नयाँ दल नागरिक एकता पार्टी सँग एकता गर्ने भएका छन्।
श्राेतकाे अनुसार आमूल परिवर्नत र नागरिक एकताकाे पार्टी एकता भाेलि भाद्र १० गत्ते ललितपुरकाे धाेबिघाट स्थित एक पार्टी प्यालेसमा हुने छ।
उता जनजागरण पार्टी र राष्ट्रिय मुक्ति आन्दाेलनका नेताहरुद्वारा परिचालित केही कार्यकर्ताहरु भने उक्त एकता कार्यक्रम भाँड्न ” पार्टी एकता संयाेजक ” डा.सिमाेन पाण्डेकाे बिराेधमा लागेकाे सञ्जालमै देखिन्छ।
पद र जिम्मेवारिका लागि अनबिस्वारकाे जालाेमा रुमल्लिन ब्यस्त रहने नेता भरत गिरि पनि ०८४ काे निर्वाचनबाट निर्बाचित सांसदहरुकाे संसदियदलकाे नेताकाे लाेभमा पार्टी एकतामा राजि भएकाे श्राेतले जनाएकाे छ भने दलित समुदायका दलमर्दन कामी भने पार्टीमा अध्यक्ष रहने बुझिएकाे छ।
उठ्ति उठाएर ल्याएकाे सामाजिक एकता पार्टीको तत्कालिन महासचिब प्रेम बहादुर कार्किले भने यस अघि नै नागरिक एकता पार्टिमा सामाजिक एकता पार्टी मिसाईसकेकाे कारण उनी अब आमुल परिबर्तन र नागरिक एकता पार्टीको एकता पछि बन्ने आमूल परिवर्तन नागरिक पार्टीको महासचिब रहने बुझिएकाे छ।










