हिमांशु राय, माेरङ । मोरङको बेलबारी नगरपालिका वडा नम्वर ११, स्थित रहेको माउण्ट ऐभरेष्ट ईङ्लिस बोर्डिङ स्कुलको सभाहलमा बेलबारी साहित्य विकाश समिति को आयोजनामा आज साहित्य श्रृखला अन्तर्गतको रचना वाचन भाग-३, कार्यक्रम आयोजना भएको छ।
बेलबारी नगरपालिका भरि रहेका निजी तथा सामुदायिक स्कुलका विध्यार्थीहरुलाई लक्षित गरि नगरपालिका भित्र रहेका स्कुलहरुमा उक्त कार्यक्रमको आयोजना गरिरहेको बेलबारी साहित्य विकाश समितिका अध्यक्ष रमेश निरौला ले बताउनुभयो। कला,संस्कृति र साहित्यको माध्यायम बाट समाज लाई रुपान्तरण गर्न हामीहरुले हाम्रो घर बाट नै शुरु गरेर पाठशाला र स्कुलहरुमा समेत स साना विध्यार्थीहरुको रुचि अनुशार उनिहरुका प्रतिभालाई फल्ने फुल्ने अवशर र प्लेटफर्म दिन नितान्त आवाश्यक र जरुरी रहेको समेत उहाँले जिकिर गर्नुभयो।

कार्यक्रम कि प्रमुख अतिथि प्रगतिशिल लेखक संघ कोशी प्रदेश अध्यक्ष साहित्यकार तिला लेकालीले शुन्दर गजलका शेरहरु वाचन गरेर सबैलाई मुग्ध पार्दै नेपाली साहित्यको संरक्षण र प्रर्वदनमा आफू निरन्तर लागिरहने साथै आफू बाट साहित्यको क्षेत्रमा सकेको सहयोग गर्न समेत आफु प्रतिवद्ध रहने वचन ब्याक्त गर्नुभयो।
कार्यक्रमका विशिष्ट अतिथि माउण्ट ऐभरेष्ट ईङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल,समाजसेवी जगत बहादुर बस्नेत ले यस्ता कार्यक्रमहरुले स्कुलका युवायुवती विध्यार्थीहरुको प्रतिभालाई प्रस्फुटन गर्दा समाज रुपान्तरणमा मात्र टेवा नपुगेर सिङ्गो राष्ट्र निर्माणमै फाईदा पुग्ने हुदाँ अब उप्रान्त आफ्नो स्कुलमा समेत साहित्य सम्वन्धी छुट्टै विशेष योजना तर्जुमा गरि साहित्य लेखन अभ्यासलाई महत्त्व दिने बताउनु भयो। विशिष्ट अतिथि प्राज्ञ राम प्रसाद खरेलले बुबा शिर्षकको कविता वाचन गर्दा सभाहलनै केही क्षण स्तब्ध बन्यो। कार्यक्रमका विशिष्ट अतिथि साहित्यकार तथा अनुशन्धानकर्ता केशु विरही ले कार्यक्रममा वाचन गरिएका रचनाहरुको बारेमा महत्त्वपूर्ण टिप्पणी गर्दै बेलबारी साहित्य विकाश समितिलाई विशेष आभार ब्याक्त गर्नुभयो।
अतिथिहरु बेलबारी उधोग बाणिज्य संघका सदस्य समाजसेवी शिव कुमार राई, ज्ञानोदय ईङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल समाजसेवी नारायण ढकाल,गीतकार दिलिप राई “सगर” कवि रुमानी कुलुङ, वरिष्ठ गायक कृष्ण भक्त राई, साहित्यकार शिव पराजुली,साहित्यकार मुना मिश्र, प्राज्ञ कवि गणेश लामा आँशु ,प्राज्ञ साहित्यकार धनजित पराजुली, कवि नवीन राई, साहित्यकार केफास आस्था, कलाकार शिव छाङ्छा, गीतकार गोविन्द चोङवाङ कवि तारा बजगाई,साहित्यकार राजु परियार, साहित्यकार बलराम कार्की, गीतकार प्रेम गुरुङ, लगायत माउण्ट ऐभरेष्ट ईङ्लिस बोर्डिङ स्कुल तथा ज्ञानोदय ईङ्लिस बोर्डिङ स्कुलका विध्यार्थी एंवम् शिक्षकहरु समेत गरि जम्मा ९५ जना स्रष्टा,सर्जकहरुको उपस्थिति रहेको रचना वाचन कार्यक्रममा जम्मा ३८ जना स्रष्टा हरुले आ आफ्नो विभिन्न शिर्षकका साहित्यी रचनाहरु वाचन गर्नुभयो।जस्मा गीत,गजल,कविता,मुक्तक र गायन समेत प्रस्तुत भएका थिए।
बेलबारी साहित्य विकाश समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई साहित्य विकाश समिति कि सचिव साहित्यकार उमा सिजापती संञ्चालन गर्नुभएको थियो।











