काठमाडौं । विद्युत प्राधिकरणका ज्यालादारी कर्मचारीलाई पनि दसैं भत्ता पाउने भएका छन् । नेपाल विद्युत प्राधिकरणका ज्यालादारी कर्मचारीले पनि दसैं भत्ता पाउने निश्चित भएको छ ।
उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खडकाले प्राधिकरणको ३९ औं वार्षिकोत्सवको अवसरमा यसबारे जानकारी गराएका हुन् । त्यसैगरी, घरभाडाबापत कर्मचारीले पाउने रकम पनि बढाइने मन्त्री खड्काले घोषणा गरेका छन्। प्राधिकरणमा करिब दुई हजार ८०० जना ज्यालादारी कर्मचारी रहेको बताइएको छ ।











