By Dikendra
झापा । नेकपा (एकीकृत समाजबादी) झापाका अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा तथा पार्टीका केन्द्रीय सदस्य निलमणि बरालको प्रमुख आतिथ्यमा नेकपा (एकीकृत समाजबादी) दमक नगर कमिटी पुर्नगठन गरिएको छ ।

बिहिवार झापाको दमकमा बसेको भेलाले नगर कमिटीको अध्यक्षमा हरि प्रसाद नेपाललाई सर्वसम्मतिले चयन गरेको छ । नवकमिटिको उपाध्यक्षमा जीवन सेडाई तथा महिला उपाध्यक्षमा सोममाया लिम्बू, सचिवमा सुवास सुवेदी, उपसचिवमा डिकेन्द्र बस्नेत चयन भएका छन । यस्तै समितिको सदस्यहरुमा युवराज घिमिरे, अनिलदेब राई, मन कुमार दर्नाल , तोर्ण पौडेल गरि १५ सदस्यीय समिति गठन भएको छ ।
आज बनेको नगर कमिटीको बैठकबाट संख्या थप गरि सदस्य बढाउने दमक नगर सचिव सुवास सुवेदीले जानकारी दिएका छन ।
सो भेलामा प्रदेश कमिटी सदस्य शान्तिराम आचार्य, बिर्तामोड नगर अध्यक्ष श्रीप्रसाद सिटौला, जिल्ला सदस्य टीका प्रसाईं, समाजबादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य अनिलदेब राई, निरमैया राई, हमला प्रसाईं लगाएतको उपस्थिति रहेको थियो ।
पार्टीका केन्द्रीय सदस्य निलमणि बरालले नवगठित सदस्यहरुलाई शुभकामना दिदै पार्टीको गतिविधिमा सक्रियता साथ दमक आसपासका क्षेत्रका क्षेत्रमा प्रभाव पार्न सुझाव दिनु भएको छ । साथै संगठन विस्तार र समाजमा देखिएका विकृतिको विरुद्धमा आवाज उठाउनु र खबरदारी गर्नु जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।










