Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नैतिक धरातलमा उभिएको पुष्टि गर्न रास्वपा सभापति रविलाई मुकुल ढकालकाे चुनौती

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 15, 2024

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री पदबाट हटाइएका डा. मुकुल ढकालले नैतिक धरातलमा उभिएको पुष्टि गर्न पार्टी सभापति रवि लामिछानेलाई चुनौती दिएका छन् ।

पार्टीले साउन ३० गते सोधेको स्पष्टीकरणको जवाफ दिने क्रममा ढकालले उल्टै प्रतिप्रश्नहरू गर्दै लामिछानेमाथि आफूले उठाएका प्रश्नहरू सत्यमा आधारित रहेको जिकीरसमेत गरेका छन् ।

ढकालले अनुशासन उल्लंघन गरेको भन्दै रास्वपाले महामन्त्री र प्रवक्ताको पदबाट हटाएको थियो । सो निर्णयविरुद्ध उनले निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

ढकाललाई महामन्त्रीबाट पदमुक्त गर्ने रास्वपाको निर्णय निर्वाचन आयोगमा विचाराधीन रहेको अवस्थामा रास्वपाले साउन ३० गते ढकाललाई पुनः स्पष्टीकरण सोधेको थियो ।

त्यसको जवाफी पत्रमा ढकालले लेखेका छन्, ‘मैले आजसम्म तपाईँलाई होस् वा अन्य कुनै पनि नेतालाई झुटो आरोप लगाएको छैन, ती सबै सत्यमा आधारित छन् । तपाईँले ममाथि स्पष्टीकरण सोध्नु अघि आफू नैतिक धरातलमा खडा भएको पुष्टि गर्न सक्नुपर्छ ।’

पार्टी र पार्टीका नेताहरुविरुद्ध लागेको आरोप लगाउँदै रास्वपाले मुकुललाई बुधबार २४ घण्टे स्पष्टीकरण सोधेको थियो । मुकुलले तीन बुँदे प्रतिप्रश्न गर्दै आफूले पार्टी स्थापना भएदेखि नै पार्टीलाई हानि हुने, शुभचिन्तकलाई भड्काउने, पार्टीभित्र भ्रम सिर्जना गर्ने र पार्टीका नेताहरूमाथि झुटा आरोप लगाउने जस्ता काम नगरेको बताएका छन् ।

मुकुलले रविलाई सहकारी ठगी मुद्दामा पार्टीबाट स्वतन्त्र छानबिन समिति किन गठन नहुने ? भनेर सोधेका छन् । उनले रविलाई दुईवटा राहदानी (पासपोर्ट) प्रयोग गरेको विषयमा पनि प्रश्न गरेका छन् । ती पासपोर्टका सबै पाना सार्वजनिक गर्ने आँट छ ? भनेर पनि मुकुलले प्रश्न गरेका छन् ।

अन्तिम प्रश्नमा मुकुलले भनेका छन्, ‘नीतिगत काम मात्र गरिन्छ भनेर गृहमन्त्री बन्नु भएको तपाईँले गृह मन्त्रालय सम्हाल्दा सरुवा बढुवा कुन नीतिमा रहेर गर्नुभयो, जनता र पार्टीका साथीहरूलाई स्पष्ट पार्नुहोस् ।’

‘कार्य सम्पादन मूल्यांकनमा अब्बल ठहरिएकालाई पछाडि पारेर सरुवा बढुवामा जुन चलखेल गर्नुभयो, त्यो भ्रष्टाचारको संकेत होइन ?’ मुकुलले भनेका छन्, ‘आँट छ भने मन्त्री हुँदा आफूले गरेका प्रत्येक निर्णय पार्टीको जान्नेलाई छान्ने नीति अन्तर्गत थियो भनेर प्रमाणित गर्नुहोस्, अमेरिकामा रहेका आफ्नै हितैषीहरूको बैंक स्टेटमेन्ट सार्वजनिक गर्नुहोस् । आँट छ ? रवि लामिछाने ज्यू ?’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उमेदवारले मतदातालाइ प्रलाेभनमा पार्ने आशंकामा सादा पाेशाककाे प...

  • March 4, 2026

माैन अवधिमा पैसा बाँढ्ने जसपा उमेदवार यादव पक्राउ

  • March 4, 2026

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved