Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रास्वपा, खोटाङका प्रचार प्रसार विभाग प्रमुख दाहालद्वारा पार्टी परित्याग , यस्ताे छ कारण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 13, 2024

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी, खोटाङका प्रचार–प्रसार विभाग प्रमुख तथा खोटाङ काठमाडौँ सम्पर्क विभागका सदस्य सन्तोषकुमार दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजिनामा दिएका छन् । दाहाल करिब डेढवर्षदेखि राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध भएका थिए ।

दाहालले आफ्नो फेसबुक पेजमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेको राजिनामा पत्र सार्वजनिक गरेका हुन् । राजिनामा पत्रमा – “राष्ट्रिय स्वतन्त्र पार्टीको “जान्नेलाई छान्ने” भन्ने नाराबाट प्रभावित भएर यस पार्टीको सदस्यता लिएको थिएँ । पार्टीमा रही काम गर्ने क्रममा जान्नेलाई छान्ने भन्दा पनि व्यवहारमा चाहीँ “आफ्ना, भ्रष्ट र ठगहरुलाई छान्ने” रहेकोे स्पष्ट देखियो । त्यसकारण पार्टीका नाममा भ्रष्ट, ठग र कुनियत भएका अवसरवादी व्यक्तिहरुलाई समर्थन गरी काम गर्न नसक्ने भएकाले स्वइच्छाले आजका मितिबाट राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको कुरा सम्पूर्णमा जानकारी गराउँदछु ।

साथै, जुनसुकै पार्टीमा आवद्ध भएपनि देश र जनताको सेवाका लागि निश्वार्थ भावले आफ्नो बौद्धिकता र क्षमताको उपयोग गर्दै भ्रष्टाचार र वेथितिका विरुद्ध एकजुट भएर अगाडि बढ्नका लागि सम्पूर्ण देशभक्त, जनताप्रेमी नेपाली दाजु–भाइ तथा दिदी–बहिनीहरुमा हार्दिक अनुरोध गर्दछु ।” भनेका छन् ।

खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका, वडा नं. ४ बडहरे स्थायी घर भएका दाहाल लामो समयदेखि नेकपा एमाले निकट थिए भने पछिल्लो समय एमाले पार्टी दुई धारमा विभाजन भएपछि उनी माधव नेपालको पक्षमा उभिएका थिए । उनीले नेकपा एकीकृत समाजवादीमा रहेका बेला राष्ट्रिय जनसांस्कृतिक महासंघको केन्द्रीय सदस्य तथा खोटाङ काठमाडौँ सम्पर्क मञ्चमा कोषाध्यक्षको जिम्मेवारीमा रही कुशलतापूर्वक काम गरिरहेका थिए ।

पछिल्लो समय राननीतिका नाममा भ्रष्टाचार, अनियमिता जस्ता कुराहरु मौलाउँदै गएको र अधिकांश नेता तथा कार्यकर्ताहरु देश र जनताको सेवाका लागि भन्दा पनि व्यक्तिगत स्वार्थ लिएर पद र कुर्सीमोहमा दौडिएकाले राजनीतिको गलत परिभाषा सृजना हुँदै गएको प्रति उनले चिन्ता व्यक्त गरेका छन् ।

खोटाङ जिल्लामा पार्टी नेतृत्व तथा संयोजकले एकलौटी रुपमा गलत र अवैधानिक रुपमा गतिविधि गरेकाले त्यसको विरुद्धमा खबरदारी र आलोचना गर्दै उनीलगायतको समूहले प्रदेश तथा केन्द्रीय स्तरमा ध्यानकर्ष तथा विरोध पत्र बुझाएपछि पार्टीले अनुसन्धान गरी कार्वाही गर्ने निश्चित भएपछि जिल्ला संयोजक रविन्द्र ओझा राजीनामा दिन वाध्य भएका थिए । पार्टीले उनको राजिनामा स्वीकृत गर्दै साधारण सदस्य मात्र रहने गरी थप कोशी प्रदेश सदस्यको जिम्मेवारीबाट समेत बर्खास्त गरेको थियो ।

दाहालले “कोशी प्रदेशको भेलामा रास्वपा खोटाङलाई जानकारी नगरी कार्वाहीमा परेका पूर्व संयोजकलाई मात्र जानकारी गराइएको रहेछ, त्यसका बारेमा कोशी प्रदेश र केन्द्रमा प्रश्न गर्दा केन्द्रका नेताहरु पन्छिने गरेको साथै हाम्रा र सत्य तथ्य कुराको वेवास्था गरी तीनै कार्वाहीमा परेका व्यक्तिलाई काखी च्यापेर अगाडि बढ्न थालेकाले यो पार्टी सही व्यक्तिहरुबाट देश र जनताका लागि सञ्चालन भएको हैन रहेर भन्ने निष्कर्षका साथ राजिनामा दिएको हुँ” भनेका छन् ।

“देशमा भ्रष्टाचार र वेथिति बढ्दै गइरहेका बेला राजनितीक शक्तिका रुपमा पछिल्लो समय धेरै युवाहरुको सहयोग र समर्थनमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना भयो । अब देशको रक्षा, भ्रष्टाचार, वेथितिलगतयका काम यही पार्टीमा आवद्ध भएका युवाहरुले गर्छन् भन्ने लागेर यतातिर प्रवेश गरेँ, विस्तारै काम गर्दै बुझ्दै जाँदा धेरैजसो पदको लोभमा, कमाउने मनसाय लिएर, व्यक्तिगत स्वार्थ, चरम अवसरवादी, अन्य पार्टीले कार्वाही गरेका, ठग र फटाहाहरुको जमात पो ठुलो रहेछ, यसो भन्दै गर्दा यस पार्टीमा बौद्धिक र क्षमता भएका निस्वार्थ भाव भएका केही युवाहरु पनि छन् तर उनीहरुको कुरा पार्टी र नेताहरुले सुन्दैनन् । त्यस्ता युवालाई जिम्मेवारीबाट बञ्चित गरी आफ्ना, भ्रष्ट र ठगहरुलाई मात्र काखी च्यापेर जिम्मेवारी दिइएको छ । उदाहरणका लागि मुकुल ढकालको कार्वाहीलाई अध्ययन गर्दा स्पष्ट हुन्छ ।” दाहालको भनाइ रहेको छ ।

आफूलाई गलत लागेका कुरा तथा गतिविधिको खण्डनका साथै आलोचना गर्न कसैसँग डर नमान्ने निडर र हक्की स्वभाव भएका दाहाल मुनलाईट इन्टरनेशनल मिडिया प्रा.लि.का अध्यक्ष तथा सञ्चालक हुन् । उनी कुशल ग्राफिक डिजाइनरका साथै नेपाल सितोरियो करातेका खेलाडि तथा प्रशिक्षक पनि हुन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उमेदवारले मतदातालाइ प्रलाेभनमा पार्ने आशंकामा सादा पाेशाककाे प...

  • March 4, 2026

माैन अवधिमा पैसा बाँढ्ने जसपा उमेदवार यादव पक्राउ

  • March 4, 2026

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved