Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

माओवादीमा प्रभाकर र प्रचण्ड बिचकाे बिद्रोह शिखरमा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 13, 2024
काठमाडौ ।  नेकपा माओवादी केन्द्रको यो साता भएको स्थायी समितिको बैठकमा १४ पृष्ठ लामो सुझाव प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डलाई नेतृत्व छाड्न सुझाव दिएका उपमहासचिव जनार्दन शर्माको सुप्रिमो प्रचण्ड संग बिद्रोह शुरु भएको राजनीतिक बृत्तमा चर्चाको बिषय बनेको छ ।

१४ पृष्ठ लामो सुझावमा नेतृत्वको असक्षमतामाथि प्रश्न उठाउदै अध्यक्ष प्रचण्डलाई नेतृत्व छाड्न सुझाव दिएका दिएपछी उप महासचिव शर्माको अध्यक्ष प्रचण्ड संग बिद्रोह शुरु भएको चर्चा चलेको हो ।

सशस्त्र संघर्षलाई शान्ति प्रक्रियामा रूपान्तरण गर्दै पहिलो संविधान सभाको निर्वाचनमा होमिँदा पार्टीले प्रत्यक्षतर्फ १२० स्थान जितेको र त्यतिबेला माओवादीले ३१ लाख मत प्राप्त गरेको र त्यसयता १४ लाख, ११ लाख हुँदै खुम्चिँदै शून्यतर्फ अभिमुख भइरहेको शर्माको भनाइ थियो ।

अहिले माओवादीको संरचनाभित्र जे–जति क्रियाशील छन्, ती सबै असन्तुष्टि बोकेर बाँचिरहेको शर्माको मत रहेको छ ।
शान्ति प्रक्रियायता पटकपटक सरकारको नेतृत्व गरे पनि र सरकारमा सहभागी भए पनि उपलब्धिहरू संस्थागत गर्न भने नेतृत्व चुकेको शर्माले आरोप लगाउनुभएको छ । नेतृत्व चुक्नुका पछाडि शर्माले १० बुँदामा त्यसको व्याख्या गर्नुभएको छ ।

नेतृत्व चुकेकै कारणले बलिदान, पार्टी र नेतृत्वले खेलेको ऐतिहासिक भूमिका र जनताको योगदानबाट प्राप्त उपलब्धिहरू आखिर केका लागि भन्ने प्रश्न उठ्न पुगेको शर्माको निष्कर्ष छ ।

‘यसबीचमा माओवादी पार्टी योजनाविहीन र संगठनविहीन बन्न पुग्यो। आज हामीसँग संविधानका अलवा न जनाधार छ, न संगठन छ । केही सीमित उपलब्धिबाहेक न कुनै देखाउनलायक कामहरू छन्, न हाम्रो कुनै मौलिक विकासको मोडल छ । हाम्रा एजेन्डाहरू खोसिँदै जाँदा हामीलाई माया गर्ने वर्ग, जाति, समुदाय, हाम्रा व्यवहार र निर्णयले टाढिएको छ। सहरी जनमानस त हामीप्रति आकर्षित हुन सकेको छैन,’ शर्माको भनाइ छ।

उहाँले पार्टी विकृत बन्दै गएको अन्तरसंघर्षलाई चित्रण गर्नुभएको छ । अन्तरसंघर्ष सञ्चालन गर्ने सन्दर्भमा एकथरीले अन्धसमर्थन गर्ने र अर्कोले वर्गसंघर्षकै रूपमा बुझ्ने प्रवृत्ति हाबी भएको उहाँले उल्लेख गर्नुभएको छ ।

उनले नेतृत्व हस्तान्तरणबिना पार्टी पुनर्निर्माणको प्रश्न हल नहुने आशय व्यक्त गर्दै अध्यक्षलाई नेतृत्व हस्तान्तरण, नेतृत्व पुस्तान्तरण र केन्द्रीय कमिटी भंग गरी महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयनमध्ये एक बाटो रोज्न सुझाव दिनुभएको छ ।

शर्माको प्रस्तावले माओवादीभित्र फेरि अर्को तरंग चलेको छ । विशेषगरी उहाँले प्रचण्डप्रति आफ्नो सुझावमा असन्तुष्टि प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उमेदवारले मतदातालाइ प्रलाेभनमा पार्ने आशंकामा सादा पाेशाककाे प...

  • March 4, 2026

माैन अवधिमा पैसा बाँढ्ने जसपा उमेदवार यादव पक्राउ

  • March 4, 2026

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved