काठमाडौँ। आज बजारमा सुन चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ४८ हजार ७ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ४८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला १७ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










