डिकेन्द्र बस्नेत, झापा । विर्तामोड नगर ईसाई समाज जवान संगतीको आयोजनामा जैतून छाँया कन्सर्ट विर्तामोडमा रहेको कृष्ण हलमा हुने भनिए पनि विविध कारणवश धुलाबारी टाउन हलमा हुने आयोजक टिमले जनाएको छ।
यहि असोज ३ गते गरिने जैतून छाँया कन्सर्ट सीजन ३ को भाग २ हुन लागेको समाजका सल्लाहकार पास्टर जोएल भुजेलले जानकारी दिएका छन । सो कन्सर्टका लागि नेपाली ईसाई जगतका प्रख्यात गायक एड्रिन देवान तथा द सोजुनर्स ब्याण्ड आउने भएका छन। जसमा गित सँगै जीवन गवाहि, र बाइबलको शिक्षा पनि दिइने कार्यक्रम रहेको छ।

कार्यक्रममा उठेको टिकटको रकम, स्पोनसरको रकम, सहयोगको रकम, सबै कार्यक्रममै खर्च गर्ने भएको छ। जस्तै साउन्ड सिट्म, होटल व्यवस्थापन, यातायात व्यवस्थापन, मिडिया, हल भाडा, आदिमा खर्च हुने जनाएको छ।
कन्सर्टको टिकट प्री सेल रु.४०० आउटडोर रु.५०० स्पेशल रु.१००० शुल्क तोकिएको छ। कन्सर्ट अगावै टिकट लिएबापत छुटको व्यवस्था पनि रहेको बिर्तामोड नगर ईसाई समाज जवान संगती अध्यक्ष गायस शेर्पाले बताएका छन।
अधिक जानकारी लागि दिइएको नम्बरमा सम्पर्क गर्न सकिने छ।
9816027593
9804953883










