कृष्ण कुँवर,दुबई । युएईको अबुधाबीमा भवानी नेपाल, सरस्वती पौडेल र सोनी भण्डारीलाई सम्मान गरिएको छ।
सम्मान कार्यक्रममा सोनी भण्डारीको “मनै भरिन्छ” गीतको लोकार्पण गरिएको थियो। आफ्नि आमाको सम्मान र सम्झनामा लेखिएको गीतमा सोनी भण्डारीको स्वर, शब्द, लय र कृष्ण शताब्दीको संगित संयोजन रहेको छ।

आकाशैको बादल भन्दा माथि उडायर
लग्यो मेरो कलेजी नै आधा चुंडाएर
मनै भरिन्छ
आमा तिम्लाई सम्झ्योकी परेली
झनै भरिन्छ।
सोनीले स्वर्गारोहण भएकी आफ्नी आमाले आफ्नो लागि गरेको दुःखलाई सम्झेर आफुले गीत बनाएको बताईन्। सोनी नेपाली समाजकी उपाध्यक्ष, रक्तदाता संघ युएई, ताप्लेजुङ समाज युएईकी पूर्वअध्यक्ष समाजसेवी पनि हुन्।
सम्मान कार्यक्रममा अन्तराष्ट्रिय नेपाली समाज युएईको महासचिब, कबि, व्यवशायी भवानी नेपाल लाई पनि सम्मान गरिएको थियो।
भवानीको कविता- “अंक दुई” नेपाल प्रज्ञा प्रतिस्ठान २०८१ को कविता प्रतियोगिताको २५ औं स्थान भित्र छनौट भएको छ। भवानीलाई नेपाली साहित्यमा योगदान गरेको र समाजमा राम्रो काम गरेको भन्दै सम्मान गरिएको थियो। भवानीले भनें- २५औं स्थानसम्म् पुग्नुपनि विजेता जस्तै हो।
गुल्मी समाज सेवा उपाध्यक्ष सरस्वती पौडेललाई पनि कार्यक्रममा सम्मान गरिएको थियो। सरस्वतिले आफु सामान्य परिवारमा हुर्केको र निकै संघर्ष गरेर यहाँसम्म आईपुगेको बताईन्।
बिबहापछि सुत्केरी अबस्थामा गार्हो हुँदा भैरहवा अस्पतालले बुटवल अस्पताल पठाईदियो। मेरो श्रीमान आफन्तकोमा पैसा सापटि खोज्न जानुभएछ तर खाली हात् फर्किनुभयो। श्रीमानले पैसा खोज्न गएको तर पाईन भन्ने शब्द र उहाँको मलिन अनुहारले मलाई सुत्केरी बेदना भन्दा बढी पिंडा दियो। अब उपरान्त म मेरो श्रीमानलाई कसैकोमा हात थाप्न जान दिन्न भन्ने मेरो मनको संकल्प पूरा गरेकी छु। त्यो दिनदेखि श्रीमान आफैले कमाएर धेरैलाई सहायता गर्नुभएको छ। अहिलेसम्म हात फैलाऊन परेको छैन। युएई आउनु अघि मैले धेरै संघर्ष गरें, नुन प्याकिंङमा पचास किलोका बोरा उठाउनु पर्थियो। छोरीको पढाई खर्च पुर्याउन श्रीमानसङ्ग सल्लाह गरेर यूएई आएँ पार्लर काम गरें धेरै मेहनत गरें तिन बर्षपछि आफ्नै पेशा शुरू गरें । यो समय श्रीमानलाई धेरै सम्झेकी छु। उहाँको लागि नै भनेर फरक क्षेत्रमा, ग्यारेजमा लगानी गरेकी छु।
गोप्य दान गर्न रुचाउने सरस्वतीले धेरै क्षेत्रमा सहयोग गरेको र सम्मानले अझै जिम्मेवारी थपिएको बताईन्।
एन.आर.एन.ए. का अध्यक्ष बिकाश शाहिले सम्मानित सबैलाई धन्यबाद दींदै सम्मानित महिलाहरुलाई यो समाजको मार्गदर्शन बन्न आग्रह गरे। अफ्टेरो परिस्थितिमा आफुले सहयोग गर्ने बताए।
नेपाली समाज युएई, झापाली समाज युएई, सुनसरी समाज युएई, ताप्लेजुङ समाज युएई, ओखलढुंगा समाज युएईले गरेको सम्मान कार्यक्रमको संयोजन् पत्रकार महासंघ युएईका प्रतिनिधि राम ढुङ्गेलले गरेका थिए । बेस्ट बर्गर रेस्टुरेंट अबुधाबीमा भएको कार्यक्रममा संघसंस्थाका प्रतिनिधि, पत्रकार महासंघका प्रतिनिधि, ब्यवशायी, नर्स, बुद्दिजीबीहरूको उपस्थिति रहेको थियो।










