डिकेन्द्र बस्नेत, झापा । गायक तथा संगितकार युगल ठटालको आवाजमा रहेको नेपाली ईसाई गित ‘ प्रभु आउनुभो ’ अर्को साता रिलिज हुने भएको छ ।
लछु सिलवालको प्रस्तुतिमा रहेको उक्त गितमा शब्द तथा रचना सिलवालकै रहेको छ । भिडियोको छायांकन आस्था निरौलाले गरेकि छिन भने सहायकमा रुथ राई रहेकि छिन। भिडियो राजारानीको लेटाङमा छायांकन गरिएको छ ।

भिडियो निर्माण प्रबन्धकमा प्रयास राईको रहेका छन। सो गितमा एरेन्जमेन्ट मिक्स र मास्टर अनिश खालिङ राई ट्युब स्टुडियोबाट गरिएको हो । सु-समाचारीय संदेश रहेको म्युजिक भिडियोमा सुनिता लिम्बू (ग्लोरी), सञ्जना मगर (एन्जेल) र एनि मगरको सुन्दर नृत्य देख्न पाइन्छ।
गाएक ठटाल संगितमा झण्डै एक दशक पछि कम ब्याक भएका छन । ठटालले एल्बम तथा सोलो गरि थुप्रै गित गाइसकेका छन। अझै पनि उनले गाएका गितहरु ईसाईहरुले गुनगुनाउने गरेका छन। उनको अनुसार पारिवारिक तथा अन्य विविध कारण संगितमा समय दिन नसकेको बताए । तर संगितप्रति उनको झुकाव र लगनशीलताकै कारण पु:न नयाँ गितसँगै उनको आँगमन भएको छ।
उक्त म्युजिक भिडियो युगल ठटाल नामक युटुयुव च्यानल मार्फत सार्वजनिक गरिने तय भएको छ ।










