Posted by – Dikendra
झापा । नेकपा माओवादी केन्द्र दमकले सञ्चालन गरिरहेको पूर्वेली संगठन निर्माण अभियान अन्तर्गत दमकमा वृक्षारोपणलाई सक्रियतापूर्वक अघि बढाएको छ ।
संगठन निर्माणसँगै पार्टीलाई उत्पादनसँग जोड्न एक घर एक विरुवाको नारासहित वृक्षारोपण अघि बढाएको हो । पार्टीले सञ्चालन गरेको पूर्वेली संगठन निर्माण अभियान अन्तर्गत दमकमा लिची र कागतीको विरुवा रोप्ने अभियानलाई यस बर्षको वातावरण दिवसको अवसर पारेर बिद्यार्थीसँग पनि जोडेको छ ।

गत १३ जेठदेखिनै दमकमा कागती र लिचीका एक लाख विरुवा रोप्ने कार्यक्रम चलाइरहेको माओवादी केन्द्रले २३ जेठ सम्ममा करिब ३० हजार विरुवा रोपेको छ । यो कार्यक्रममा सहभागी हुँदै पार्टी पक्तिंलाई हौसला भर्न पार्टीको कोशी प्रदेश इञ्चार्ज एवं पूर्व मन्त्री हरिबोल गजुरेल, कोशी प्रदेश सभा संसदीय दलका नेता इन्द्र आङबो लगायतका नेताहरु समेत उपस्थित भएका छन् ।
माओवादी केन्द्रले दमक ८ स्थित माओवादी केन्द्रको नगर पार्टी कार्यालय परिसरमा औपचारिक कार्यक्रम गरि वातावरण दिवसका बारेमा सचेतनासहित वृक्षारोपण गरेको नगर अध्यक्ष कुलबहादुर बस्नेत रविले जानकारी दिए ।
माओवादीद्धारा दमकमा जारी अभियानका संयोजक समेत रहेका माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य अग्नी, नगर इञ्चार्ज बेदु गौतमसहित पार्टी नेता, कार्यकर्ताहरुको उल्लेखिय सहभागितामा कार्यक्रम सञ्चालन गरिएको थियो । माओवादी केन्द्रले दमकको सुर्योदय बोर्डिङ स्कूलका बिद्यार्थीहरुलाई वातावरण दिवसको अवसर पारेर तीन सय विरुवा उपहार स्वरुप प्रदान गरेको छ ।
नेता आचार्य, नगर इञ्चार्ज बेदु गौतम, सन्तोष गौतम, नगर कमिटी अध्यक्ष बस्नेतसहितको टोलीले बिद्यालयमै पुगेर त्यहाँका करिब ३ सय बिद्यार्थी, शिक्षक, कर्मचारी र कतिपय अभिभावकहरुलाई समेत कागती, लिची, जामुन लगायतका विरुवा प्रदान गरेका थिए ।










