काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बिहान प्रचण्ड र खनालबीच भेटवार्ता भएको हो ।
समसामयिक राजनीतिक विषयका साथै संघीय सरकार र प्रदेश सरकारहरूमा पनि वाम सहकार्यलाई सुदृढ बनाउँदै लैजाने विषयमा दुई नेताबीच छलफल भएको छ ।











