डिकेन्द्र बस्नेत, झापा । ईण्डोनसियाको बालीमा हुन गइरहेको क्लासि मोडल इन्टरनेसनलमा भाग लिन झापा दमकका प्रविण पाठक आज ईण्डोनसिया जादै छन्।
१५ मे देखि सुरु हुने सो कार्यक्रमको फिनाले भने १९ मे मा हुने तय भएको छ । पाठकले उक्त कार्यक्रममा नेपालको पहिचान झल्किने दौरा सुरवाल प्रस्तुत गर्नेछन । २०६९ मा मिस्टर क्याथफोर्ड जितेका पाठक २०८० मा सम्पन्न भएको मिस्टर नेपालको टप १० फाइनालिस्ट साथै २०८० मै मिस्टर वर्ल्ड हेरिटेज नेपालको उपाधि जित्न सफल भएका थिए।

मिस्टर नेपालमा भाग लिदा सर्वाधिक भोट ल्याएका पाठक क्लासि मोडल इन्टरनेसनलमा पनि आजको मितिसम्म टप वान मा रहेको स्रोत बाट खुल्न आएको छ। यस्तै श्रीलंकाका इसुरु मधुसंकाले पाठकलाई पछ्याई रहेका छन्। सर्वाधिक भोटको आधारमा मस्ट पपुलर अवार्ड जित्ने सम्भावना पाठकको देखिन्छ। पाठकले सुचना चौतारीसँगको कुराकानीमा उनले नेपालका सबै देशबासीहरु सँग अत्याधिक भोट दिई जिताउन अपिल गरेका छन। भोट गर्नका लागि क्लासि मोडल इन्टरनेसनलको पेजमा गई फोटोमा लाइक र सेयर गर्नुपर्नेछ। जस्को लागि लिंक तल दिइएको छ।
https://www.facebook.com/share/p/UzAtQHtYUYwCaC6s/?mibextid=WaXdOe










