Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जसपा जस्तै एकीकृत समाजवादी पनि फुट्काे अन्तिममा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 6, 2024

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) विभाजनको तरङ्ग माधवन नेपाल अधयक्ष रहेको नेकपा एकीकृत समाजवादीमा समेत देखिएको छ ।

जसपा विभाजनले नेकपा एकीकृत समाजवादीमा समेत पराकम्प गएको चर्चा चलिरहेका बेला माधव नेपालले संसदीय दलको बैठक बोलाएका छन् । आज अपरान्ह संसदीय दलको बैठक बोलाइएको हो । नेकपा एसका असन्तुष्ट सांसदहरुलाई सम्झाउन नेपालले दलको बैठक बोलाएको नेताहरुले बताएका छन् ।

आफ्नो दल पनि विभाजन हुने सूचना नेपालले पाएको बताइन्छ । उपेन्द्र यादवसहित यो गठबन्धन छाडेर वैकल्पिक गठबन्धनबाट प्रधानमन्त्री बन्ने प्रयासमा तत्काल अवरोध भएपछि नेता नेपाल चिन्तित छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई अहिलेको सत्ता समिकरणबाट निकाल्न प्रधानमन्त्रीलाई संकेत गरिसकेका छन् ।

उपेन्द्र यादवलाई पनि उपप्रधानमन्त्रीबाट हटाएर उनको ठाउँमा विभाजित जसपाका सांसदलाई मन्त्री बनाउने तयारी छ । अबको रणनीति बनाउनका लागि नेकपा एसको संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिएका छन् । नेकपा एसभित्र यहि सरकारमा बस्नुपर्छ भन्ने र बाहिर रहनुपर्छ भन्ने दुवै मत बलियो रुपमा प्रकट भइरहेका छन् ।

एकातिर सांसदहरु नेपालसँग असन्तुष्ट भएर विभिन्न ठाउँमा संवादमा छन् भने अर्कोतिर झलनाथ खनाललगायतका नेताहरु एमाले र माओवादीसँगै समीकरणमा रहनुपर्छ भनेर लबिङमा छन् । सरकार भन्दा बाहिर रहेका नेताहरु राजेन्द्र पाण्डे र मेटमणी चौधरीसहितका केही नेता तुरुन्तै सरकारबाट बाहिरिनुपर्ने अडानमा छन् । माधवकुमार नेपाललाई पनि नेपाली कांग्रेसले प्रधानमन्त्रीको आश्वासन दिएको बताईएको छ ।

प्रधानमन्त्रीको आशामा उनी पनि वर्तमान सत्ता गठबन्धन विरुद्ध विभिन्न कोठे बैठकहरुमा व्यवस्त  छन् ।  तर उता पार्टी भित्रको बहुमत पंक्ति भने यही गठबन्धन र सरकारमा रहेर चुनावसम्म जानुपर्ने पक्षमा छ । कांग्रेसले अध्यक्ष नेपाललाई प्रधानमन्त्री पनि नदिने र नयाँ समिकरण बनाएर चुनावमा जान पनि नहुने पक्षमा सर्वोच्च नेता झलनाथ खनाल लगायतको पंक्ति रहेको सोही पार्टीका एक शीर्ष नेताले बताए ।

खनालसहित महासचिव घनश्याम भुषाल, उपमहासचिव प्रकाश ज्वाला, अहिले सरकारमा रहेका मन्त्रीहरु, पूर्वमन्त्रीहरु रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठलगायतका नेताहरु यही सत्ता गठबन्धनको पक्षमा रहेकाे ती नेताले बताएका हुन् । यस्तो अवस्थाका बाबजुत नेता नेपालले सरकारबाट बाहिरिने निर्णय गरेमा पार्टी विभाजनको शिकार बन्न सक्ने उनले चेतावनी दिए ।  आफुहरुले यो कुरा पार्टी बैठकमा तथा नेताहरुले भेटेरै पनि जानकारी गराईसकेको उनले बताए ।

राजनीतिक दलसम्बन्धी ऐनमा केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने व्यवस्था छ । एकीकृत समाजवादीका बहुमत सांसद र केन्द्रीय सदस्यकहरु वामपन्थीहरुको बाहुल्य रहेको वर्तमान सत्ता गठबन्धन फेर्न नहुने पक्षमा रहेको उनले बताए ।

इलाममा भएको उपनिर्वाचनमा वरिष्ठ नेता झलनाथ खनालले नै नेतृत्व गर्दा पनि आफ्नो पार्टीका उम्मेद्वारको जमानत जफत भएपनि एकीकृत समाजवादी वाम दलहरु मिलेर जानुपर्ने मुडमा पुगेको कतिपय नेताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उमेदवारले मतदातालाइ प्रलाेभनमा पार्ने आशंकामा सादा पाेशाककाे प...

  • March 4, 2026

माैन अवधिमा पैसा बाँढ्ने जसपा उमेदवार यादव पक्राउ

  • March 4, 2026

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved