काठमाडौं । संयुक्त नागरिक पार्टी (संनापा) ले आगामी वैशाख १५ गते हुनगईरहेकाे प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभक्त तथा पहिचानको राजनीतिक मुद्दा स्थापना गर्दै देश,जनताको हित र रक्षाको लागि पहिचान पक्षधरका साझा उम्मेद्वार डकेन्द्र सिंह लिम्बू (थेगिम) लाई समर्थन गरि चुनाव प्रचार-प्रसार लगायत निर्वाचन केन्द्रीत सम्पूर्ण गतिविधिमा पार्टीकाे पूर्ण समर्थन र साथ सहयाेग रहने प्रतिवद्धता सहितकाे निर्णय गरेकाे छ ।
यहि चैत्र २५ गते पार्टीकाे संघीय समितिकाे काठमाण्डाैमा सम्पन्न बैठकले साे निर्णय गरेकाे पार्टीका अध्यक्ष दलमर्दन कामीद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाईएकाे छ । साथै ईलाम २ का सम्पूर्ण मतदाताहरुलाई पहिचान पक्षका स्वतन्त्र उम्मेद्वार थेगिमलाई आफ्नो अमुल्य मत दिई विजयी गराउन पनि हार्दिक अपिल गरिएकाे जारी विज्ञप्तिमा उल्लेख छ ।











