Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दमक खानेपानी निर्वाचन: दलीय राजनीतिले देशका तमाम संगठन धरासायी बनाएको भन्दै रास्वपा दमक नगर समितिको ध्यान आकर्षण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 2, 2024

डिकेन्द्र बस्नेत, झापा । झापाको दमकमा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको चुनावलाई लिएर केही समय यता माहोल तातिरहेको अवस्था छ । आगामी २३ गते हुने निर्वाचनमा अहिले खास गरी तीन वटा प्यानल बनाएर उम्मेद्धवारहरु चुनावी घरदैलोमा हिडिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टिले बिना संस्थागत समर्थन गरेको एउटा प्यानल रहेको छ भने एमाले, माओवादी , एकिकृत समाजवादीको अर्को र राप्रपा-काग्रेसको तेस्रो गठबन्धन छ ।

दलिय राजनीतिले देशका तमाम संगठन धरासायी बनाएको पृष्ठभुमीमा दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमक झापाको चैत २३ गते निर्वाचनका सम्बन्धमा दमकका खानेपानीका उपभोक्ताहरुलाई मताधिकार विहिन बनाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी दमक नगर समितिले मंगलबार एक कार्यक्रमका बिच गम्भीर ध्यान आकर्षण गराएको छ ।

ध्यानाकर्षण पत्रमा भनिएको छ सामाजिक संघ संस्थाहरु सत्ता प्राप्तीको खु‌ड्किलो बनाइएका मात्र छैनन ! कृषि, उद्योग, शिक्षा जस्ता समाजका आर्थिक खम्बाहरु दलिय राजनितीको सिकार भएका छन। जर्जर र धरासायी बनाइएका छन । अस्तित्वनै मेटिने गरी दलिय राजनितीको कृडास्थल बनाइएका छन । त्यसकारणले पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सामाजिक संघ-संस्थामा दलीय राजनीतिक दाउपेच र सत्ता प्राप्तिको घोर विरोध गरि आएको छ, गर्दछ ।

विगतका राजनितिक दलहरु जुधेजस्तो गर्ने अन्त्यमा आएर आफैद्वारा रचित सिद्धान्त माथी घोडाचडी गठवन्धन नामको बहुरुपी, निर्लज्ज र नाङ्गो चरित्र देखाई आएको जगजाहेर छ । यस्तो चरिन नदेखाउन र देखाउने देखी सजग रहन आम उपभोक्ता तथा नगरवासीलाइ रास्वपा दमक नगर समिती हार्दिक अनुरोध गर्दछ ।

“तमासा” को नयाँ श्रृंखलाको रूपमा लगभग १३५०० खानेपानीको उपभोक्ता लाई कृतिम बहाना बनाएर मताधिकार वाट बंचित गर्ने र केवल ६१९४ (लगभग ४५%) मतदातालाई मात्र फोटो खिचाएका आधारमा मताधिकार दिने ! राज्यद्वारा दिईएको परिचयपत्रलाई अमान्य घोषित गर्ने, आफै र आफना कार्यकर्ताद्वारा भोट हाल्ने र आफै विजय घोषित गरेर विजयको रंग दल्दै माला लगाएर हिँड्ने जस्तो निर्लज्ज व्यवहार अरु कुनै नहुने भएकोले लोकतन्त्र र बालिग मताधिकारको सुगा रटाई नरट्न, संकिर्ण मानसिकता त्यागेर खानेपानी समितिमा सदस्य भएका आम उपभोक्ता आमावुवा दाजुभाई तथा दिदी बहिनी सबैलाई स-सम्मान मताधिकार दिन राष्ट्रिय स्वतन्त्र पार्टी दमक नगर समिति जोडदार माग दमक सभापति विवेक पाठक हस्ताक्षरित पत्रमा उल्लेख छ।

कार्यक्रममा रास्वपा क्षेत्रिय समिति सभापति देवि पाठक, दमक नगर सभापति विवेक पाठक, सचिव प्रविण पाठक लगाएत पार्टीका अन्य नेता तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

ध्यानाकर्षण पत्र बुझ्दै निर्वाचन समितीका संयोजक यज्ञ निरौलाले खाने पानी संस्थाको वर्तमान समितीले नै पास गरी तयार पारेको बिधानको आफुहरुले कार्यान्वयन गरेकोले आएको पत्रका बारेमा समितीलाई जानकारी गराउने बताउनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उमेदवारले मतदातालाइ प्रलाेभनमा पार्ने आशंकामा सादा पाेशाककाे प...

  • March 4, 2026

माैन अवधिमा पैसा बाँढ्ने जसपा उमेदवार यादव पक्राउ

  • March 4, 2026

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved