Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

इस्टरको अवसरमा नेपाल स्पोर्टस फेलोसिपको सुसमाचारिय कार्यक्रम सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 1, 2024

काठमाडौँ । वाफ महिला च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोली सम्मानित भएका छन् ।

नेपाल स्र्पोटस फेलोसिपले आइतबार पुनरुत्थान (इस्टर)को अवसरमा एक कार्यक्रम आयोजना गर्दै महिला सशक्तिकरण र प्रोत्साह गर्ने उद्देश्यअनुरूप वाफ महिला च्याम्पियनसिपको उपविजेता महिला फुटबलर खेलाडीलाई सम्मानपत्र र ७५ हजार नगद राशीसहित सम्मान गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राखेपका संघसंस्था समन्वय शाखाका प्रमुख चन्द्र कुमार राईले वाफ महिला च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बधाई तथा शुभकामना दिँदै देशमा सम्भावना हुँदा–हुँदै पनि खेलकुद पूर्वाधारको विकास हुन नसक्नु खेलाडी उत्पादनका लागि प्रशिक्षितहरुको खोजी गर्न नसक्नु र व्यवस्थापन हुन नसक्नुले खेलकुद क्षेत्रले सकेको जति सफलता हासिल गर्न नसकेको बताउनुभयो ।

खेलकुद विकासका लागि देश अगाडि बढ्नसके धेरै सम्भावना बोकेको हुँदा नेपालको खेलकुद क्षेत्र क्रमशः व्यवसायिकतातर्फ उन्मुख हुँदै गएको बताउदैँ उनले स्वास्थ्य र राष्ट्रको गौरवसँग जोडिएको खेलकुदको विकासमा जोड दिन सके मात्र मुलुकको भविष्य उज्वल हुने र यो वस्तुगत धरातललाई आत्मासाथ गर्दै खेलकुद क्षेत्र विकासका लागि सबै क्षेत्र जुट्न आवश्यक रहेको बताए ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल बक्सिङ संघका अन्तरराष्ट्रिय निर्देशक तथा एनएसएफका संस्थापक श्याम अवालेले देश संघिय लोकतान्त्रिक गणतन्त्रसहितको धर्मनिरपेक्षता भएकोले व्यक्तिले आफनो धार्मिक आस्थाको अवलम्बन गर्न पाउने स्वतन्त्रता संविधानले समेत ग्यारेन्टी गरेको हुँदा पुनरुत्थान दिवसको अवसरमा आयोजित यस सुसमाचारिय सभाले राष्ट्रमा धार्मिक एकता, मेलमिलाप र शान्तिको सन्देश दिने कुरामा आफू विश्वस्त रहेको बताए ।

कार्यक्रममा नेपाल व्याप्तिष सेमिनारीका प्रिन्सिपल डा. जोन नारायण राईले नेपाली चर्चले नेपालको विकास सुशासन, शान्ति र समृद्धि अनि एकताको लागि खेलकुदको विकासलाई अगाडि बढाउँदै खेलको माध्यमद्वारा परमेश्वरको राज्यलाई विश्व सामु जित्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष वेन्जी थापाले खेलकुदको क्षेत्रबाट चर्चको विकास सम्भव देखिदै गर्दा खेलकुद विकासका लागि सबै क्षेत्र, समुदायसँग हातेमालो गर्दै देशभर यसलाई अभियानका रुपमा लैजानु पर्नेमा जोड दिनुभयो ।

एनएसएफका संयोजक लबिस राईले चर्च भित्र खेलकुद क्षेत्रको विकास गर्न सके सामाजिक एकता र सम्वृद्धिको आधारशिला तयार पार्ने हुँदा नेपाली चर्चहरुले खेलकुद विकासका लागि सुसमाचारको रणनीति र दृष्टिकोण बनाएर अगाडि बढन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उनले नेपाली चर्च खेलकुदको माध्यमबाट विश्वमा जोडिने हुँदा र देशको गौरव बढाउने हुँदा अब नेपाली चर्चहरु पनि त्यसतर्फ गम्भीर बन्नु पर्ने बताए ।

कार्यक्रममा गायक राजेश राई इस्टर सम्बन्धी गित र हास्य कलाकार कुमार सुनामले आफनो प्रस्तुती दिएका थिए ।

स्पोर्टस फेलोसिपका अध्यक्ष वेन्जी थापाको अध्यक्षता भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का तालिम तथा प्रशिक्षण विभागका प्रचण्ड शर्मा र आर्थिक प्रशासन प्रमुख रिखीराम पोखरेल, एन्फाका पदाधिकारी, ओलम्पिक कमिटिका सदस्यहरु, ख्रीष्टियन संघसंस्थाका प्रतिनिधिहरु र खेलकुदका विभिन्न २९ विधाका राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रमुख तथा प्रतिनिधिहरु, पत्रकार र खेलप्रेमीको बाक्लो सहभागीता रहेको सो कार्यक्रमकोे कुशल संचालन एनएसएफका सचिव प्रकाश पाख्रीनले गर्नुभएको थियो ।

आजका दिन विश्वभरका इसाई धर्मावलम्बीले इस्टर सन्डे मनाएका आएका छन् । इस्टर सन्डेलाई यशुको पुनरुत्थान भएको दिनको रूपमा पनि लिने गरिन्छ ।

बाइबलमा उल्लेख भए अनुसार दुई हजार वर्ष पहिला शुक्रबारको दिन यशुलाई जेरुसेलमको पहाडमा क्रसमा चढाइएको थियो र त्यसको तेस्रो दिनमा उनी पुनरुत्थान भएका थिए र त्यस दिन आइतबार परेको थियो ।

यसरी इस्टर सन्डेमा पुनरुत्थान भएका येशू थप ४० दिनसम्म पृथ्वीका रहनुभएको र त्यस समयकालमा उनले आफ्ना अनुयायीलाई शिक्षा दिएको र त्यसपछि स्वर्ग गएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

उम्मेदवारविरुद्ध भ्रामक सामग्री फैलाउने माथि कार्वाही गरियाेस...

  • March 3, 2026

निर्वाचन गस्तिमा रहेकाे प्रहरी माथि आक्रमण

  • March 3, 2026

कङ्गोस्थित यूएन मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved