काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश कमिटीले प्रदेशका १३ मध्ये पाँचवटा जिल्लामा अधिवेशन सम्पन्न गरेको छ।
पार्टी स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश कमिटी अध्यक्ष सावित्रा भुसालकाअनुसार सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, दोलखा र भक्तपुरको जिल्ला सम्मेलन सम्पन्न भएका छन्।

२०७९ चैत ४ गते सिन्धुपाल्चोक, २०८० जेठ ६ गते सिन्धुली, जेठ २७ गते भक्तपुर, मंसिर ३० र ३१ गते दोलखा र चैत ३ र ४ गते काभ्रेको जिल्ला सम्मेलन सम्पन्न भएको हो।
सिन्धुपाल्चोकमा बिनोद खनाल, भक्तपुरमा श्याम बस्नेत, सिन्धुली सूर्य पाख्रिन, दोलखामा भिम दाहाल, काभ्रेमा बसुन्धरा हुमागाईको नेतृत्वमा जिल्ला कमिटी क्रियाशिल छ।
काभ्रेमा अध्यक्ष र सचिव बाहेका पदहरूमा प्रत्यक्ष विर्चान भएको थियो। त्यस्तै आगामी बैशाख १५ र १६ गते मकवानपुर जिल्ला सम्मेलनको मिति तोकिएको छ।










