डिकेन्द्र बस्नेत,झापा। झापाको दमक वडा नं.३ ढुकुरपानीमा राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको ‘दमक भ्यू टावर’ निर्माणको काम सम्पन्न भएको छ।
गत शुक्रबार पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्व मन्त्री तथा एमाले नेता रामबहादुर थापा लगायतको टोलीले भ्यू टावर पुग्नु भएको छ।

नेपालकै सबैभन्दा अग्लो भ्यू टावरको रुपमा यो ठडिएको छ। करिब डेढ अर्ब लागतमा भ्यू टावर निर्माण सम्पन्न भएको हो।










