काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ । बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको हो ।
बैठकमा इलाम क्षेत्र नम्बार–२ र बझाङ प्रदेश सभा (ख) मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनबारे छलफल र आवश्यक निर्णय हुने नेताहरुले बताएका छन् । आजको बैठकमा समसामयीक घटनाक्रम र उपनिर्वाचनबारे छलफल हुने सम्मानित नेता झलनाथ खनालले बताए ।

संविधान सभा अध्यक्ष तथा नेकपा एमाले संसदीय दलका उपनेता, पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौंमा निधन भएपछि इलाम क्षेत्र २ रिक्त छ । सो क्षेत्रमा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । एकीकतृ समाजवादीबाट गत आम निर्वाचनमा इलाम १ बाट हारेका सम्मानीत नेता खनालले इलाम २ बाट उम्मेदवार बन्ने इच्छा राखेका छन् ।
उनी पार्टीबाट एकलरुपमा नभई नेकपा एमाले र माओवादी केन्द्रको साझा उम्मेदवार बन्ने प्रयासमा छन् । आजको बैठकले सो बारेमा आवश्यक निर्णय लिनेछ । यता सोही क्षेत्रबाट निर्वाचत भएर निधन भएका सुवास नेम्वाङका छोरा सुहाङ भने एमालेबाटै उम्मेदवार बन्ने तयारीमा छन् ।










