Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एमाले खाेटाङकाे नेतृत्वहत ग्रस्त : आठौं जिल्लाअधिवेशन सर्वसहमत नेतृत्व चयन हुनेमा शंका

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 11, 2024

खाेटाङ। नेकपा एमाले खोटाङको ११ औँ पूर्ण बैठकले आठौँ जिल्ला अधिवेशन आगामी चैत–२८ र २९ गते दिक्तेलमा गर्ने निर्णय गरेकाे छ।

उक्त निर्णय सँगै जिल्लादेखि राजधानी सम्मका नेताहर नेतृत्वको रस्सा कस्सीमा लाग्न थालेको बुझिएको छ ।

एमाले खोटाङको जिल्ला अधिवशेन मिति तोकिएसँगै अध्यक्षका लागि दुई नेताले सक्रियता बढाएका छन् । वर्तमान अध्यक्ष राम प्रसाद दंगाल र उपाध्यक्ष देवबिक्रम राई आ–आफ्नो दाबीसहित समूह बनाएर चुनावी मैदानमा उत्रनुभएको हो ।

उपाध्यक्षमा वर्तमान सचिव कुमार आचार्य र सचिवमा वर्तमान उप–सचिव सुरेन्द्रकुमार राईको मात्र दाबी देखिएको छ । दुईवटा उप–सचिव पदमा भने, गीरेन्द्रबहादुर राई, दिलचक्र राई, राजन बञ्जरा, कमल ढकाल, कविता राई, गोमा मगर र गोपालचन्द्र आचार्यको दाबी रहेको समाचार स्रोतले जनाएको छ ।

पार्टी उच्च स्रोतले भने, जिल्ला अधिवेशनले सहमतिबाटै नेतृत्व चयन गर्ने बताउँदै आएको छ । तर, दुई नेताको सक्रियता हेर्दा आठौँ अधिवेशनले सर्वसहमतिमा नेतृत्व चयन गर्ने सम्भावना देखिएको छैन ।

एमालेले अधिवेशनका लागि जिल्ला अध्यक्ष रामप्रसाद दंगालको संयोजकत्वमा ३३३ सदस्यीय अधिवेशन मूल आयोजक समिति गठन गरेको छ ।

जिल्ला अधिवेशन सफल पार्न विभिन्न उप–समितिहरु समेत गठन गरिएको एमाले खोटाङले जनाएको छ । जिल्ला पार्टी सचिव कुमार आचार्यको संयोजकत्वमा प्रचार–प्रसार उप–समिति गठन गरिएको जनाइएको छ ।

प्रचार–प्रसार उप–समितिमा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य, पदाधिकारी तथा पूर्व सदस्य जिल्लाका पदाधिकारी, जिल्ला प्रचार विभागका सदस्यहरूसमेत रहने गरी १०१ सदस्य रहेका छन् ।

पार्टी उप–सचिव सुरेन्द्रकुमार राईको संयोजकत्वमा आर्थिक उप–समिति निर्माण गरिएको जनाइएको छ । आर्थिक उप–समितिमा निर्वाचित पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, नेपाल उद्योग तथा व्यावसायी महासङ्घको पदाधिकारी, केन्द्र, प्रदेश जिल्ला र नेपाल निजामति कर्मचारी सङ्गठन, राष्ट्रिय शिक्षक सङ्गठन, पेशागत महासङ्घ, राष्ट्रिय स्वास्थ्य कर्मी महासङ्घ लगायत सदस्य रहेका छन् ।

जिल्ला अधिवेशन सम्पन्न गर्न काठमाडौँमा समेत आर्थिक सहयोग सङ्कलन समिति निर्माण गरिएको बताइएको छ । प्रतिनिधि तथा पर्यवेक्षकगरी करिब ५०० को हाराहारीमा सहभागी हुने अधिवेशनका लागि चैत–१७ गते प्रतिनिधि छनोट गर्ने निर्णय गरिएको श्राेतले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उमेदवारले मतदातालाइ प्रलाेभनमा पार्ने आशंकामा सादा पाेशाककाे प...

  • March 4, 2026

माैन अवधिमा पैसा बाँढ्ने जसपा उमेदवार यादव पक्राउ

  • March 4, 2026

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved