काठमाडौं । नेकपा माओवादी नेता तथा खाेटाङबाट निर्वाचित प्रतिनिधिसभा सांसद रामकुमार राई ‘पासाङ’ले २०५१ सालबाट सुरु भएको गाईघाट-दिक्तेल सडक निर्माण कार्य अझै पनि पूरा नभएको भन्दै सरकारकाे ध्यानाकर्षण गराएका छन् ।
पुर्वि पहाडि जिल्ला खाेटाङलाई उदयपुरको गाईघाट हुँदै तराईसँग जोड्ने साे सडक अहिले लथालिङ्ग भएको राईले बताए । बिहीबार प्रतिनिधिसभा बैठककाे शून्य समयमा बाेल्दै सांसद राईले नयाँ गठबन्धन सरकारलाई बधाई दिँदै उक्त सडकबारे ध्यानाकर्षण गराएका हुन् ।











