काठमाडौ । नेकपा एमालेका प्रमुख सचेतक एवं सांसद महेश बर्तौलाले यो सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेकपा एमालेसहितको सहभागीतामा सरकार बनेको भन्दै देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका हुन् ।
एमालेका प्रमुख सचेतक पदम गिरी मन्त्री बनेपछि अध्यक्ष ओलीले बर्तौलालाई प्रमुख सचेतक बनाएका हुन् । उनी पहिले सचेतक थिए । सरकार फेरिएपनि आफ्ना भूमिका र देशप्रतिको जवाफदेहीता नफेरिएको उल्लेख गर्दै उनले भने, ‘हाम्रा आसनहरू फेरिएका छन् । हाम्रा भूमिकाहरू फेरिएका छन् । देशप्रतिको जवाफदेहिता फेरिएको छैन । जनताप्रतिको कर्तव्य बदलाव आएको छैन । यसकारण यो सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ ।’











