डिकेन्द्र बस्नेत, झापा। पूर्वी नेपालमा आफ्नो बजार विस्तारलाई अघि बढाउँदै भाटभटेनीले झापाको दमकमा २७ औं स्टोर स्थापना गरी सञ्चालन गर्ने भएकाे छ । झापाको बिर्तामोडमा यस अघिनै भाटभटेनी सुपरस्टोर सञ्चालनमा ल्याईसकेको भाटभटेनिले यहि २३ गत्तेबाट दमकमा समेत सेवा बिस्तार गर्ने जनाएकाे छ।
दमक–९ मा गतवर्ष माघ ४ गते स्टोर शिलान्यास गरेको भाटभटेनीले १३ महिनामै नयाँ स्टोर स्थापना गर्न सफल भएको छ ।

तीन दिन पछि सञ्चालनमा आउने दमकको स्टोर १४ कट्ठा क्षेत्रफलमा करिब १ लाख १६ हजार स्क्वायरफिट सपिङ स्पेससहितकाे रहेकाे जनाईएकाे छ।
करिव १ अर्ब ५० करोड बढी लगानीमा सञ्चालनमा आउने यो स्टोर झापा जिल्लामा दोस्रो हो भने कोशी प्रदेशको पाँचौँ स्टोर रहेकाे समेत भाटभटेनि श्राेतले जनाएकाे छ ।
झापाको बिर्तामोडसहित कोशी प्रदेशका धरान, विराटनगर तथा इटहरीमा यश अघिनै भाटभटेनिले स्टोर सञ्चालनमा आइसकेको छ ।
यही फागुन २३ गतेबाट औपचारिक रुपमा सञ्चालनमा आउने यस सुपर स्टोरको लागि सम्पूर्ण तयारी पूरा भएको भाटभटेनी श्राेतले जनाएको छ ।
उद्घाटनका अवसरमा आम ग्राहकहरूलाई प्रत्येक सामानको खरिदमा १० देखि २० प्रतिशतसम्म छुटको व्यवस्था पनि रहेको स्टोरका अपरेसन म्यानेजरले जानकारी दिएका छन् ।
यस स्टोरमा ग्रोसरी, किचनवेयर, रेडिमेड गार्मेन्ट, फुटवेयर, इलेक्ट्रोनिक्स, ब्रान्डेड गार्मेन्ट, ब्रान्डेड फूट्वेर, फूड्कोर्ट, मल्टिप्लेक्स सिनेमा हल तथा बालबालिकाका लागि स्केट पार्क लगायतका सुविधाहरू रहने भाटभटेनीले जनाएको छ ।










