डिकेन्द्र बस्नेत,झापा। समाजवादी मोर्चा नेपाल जिल्ला कमिटी झापाले शहिद दिवसमा विभिन्न कार्यक्रमका साथ मनाइने भएको छ । बिर्तामोडमा आज (शनिबार) सम्पन्न समाजवादी मोर्चाको बैठकले फागुन २१ गते शहिद दिवसका दिन बिहान ८ बजे सुखानी शहिद पार्कमा अवस्थित स्तम्भहरुमा माल्यअर्पण गर्ने र सोहि दिनको १२ बजे गौरीशंकर प्रतिष्ठान बिर्तामोडमा शहिद परिवारलाई सम्मान कार्यक्रम रहेको नेकपा (एकीकृत समाजवादी) झापा अध्यक्ष बेदराज रेग्मीले जानकारी दिनुभयो ।
समाजवादी मोर्चा नेपाल झापाका संयोजक प्रशान्त सी को अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकले शहिद दिवसमा व्यापक जनसहभागिता गराएर सुखादी शहिद पार्कमा अवस्थित शहिद स्तम्भहरुमा माल्यअपर्पण गरिने र गौरीशंकर प्रतिष्ठानमा शहिद परिवारलाई गर्ने निर्णय गरेको छ ।

सो बैठकमा नेकपा (माओवादी केन्द्र) झापा संयोजक राजु आचार्य (अग्नी), संविधानसभा सदस्य मोहन टुडु, नेकपा (एकीकृत समाजवादी) झापा अध्यक्ष बेदराज रेग्मी, जसपा झापा सचिव रोम घिमिरे, नेकपाका नेताहरु सुमन सी, हुकुम सी लगायतका नेताहरुको सहभागि थियो ।










