काठमाडौं। नेकपा (एमाले) खोटाङ काठमाडौ सम्पर्क मञ्चको १४ औँ सम्मेलन सम्पन्न भएको छ। फागुन १२ र १३ गते कृष्ण भोग पाटीप्यालेस काठमाण्डौंमा निबर्तमान अध्यक्ष नवराज रोकाको अध्यक्षता र नेकपा एमाले पोलिटब्युरो सदस्य तथा झापा जिल्ला इन्चार्ज विशाल भट्टराई को प्रमुख आतिथ्यतामा आयोजित सम्मेलन सोमबार समापन भएको छ।
सम्मेलनले दिपक दाहालको अध्यक्षतामा ३१ सदस्यीय कमिटी सर्व सम्मत चयन गरेको छ। जस अनुसार अध्यक्ष : दिपक दाहाल, उपाध्यक्ष राज कुमार राई, उपाध्यक्ष : प्रशंशा अधिकारी, सचिव : पदम सुन्दर राई, सहसचिव : भवानी शकर लुइँटेल, सहसचिव: उमा आचार्य, कोषध्यक्ष : शन्तोष राई, सदस्यहरुमा राजकुमार कार्की, एल्बी बि आले, भुवन राई, राम्जी कटुवाल ,प्रेम बस्नेत, हेमकुमार थापा, कर्ण प्रधान, तारानाथ श्रेष्ठ, पुस्पा मगर, सुमन फयाल, सुमन खतिवडा, अनुशा राई, अनुस्का राई, राजु राई, उषा गुरुङ, सिर्जना खडका, धिरोज राई,यम ब मगर, बृष तामाङ, जानुका घिमिरे, दिलिप राई ,सुख राई लगाएत ३१ सदस्य कमिटी गठन भएको हो।

सम्मेलनमा नेकपा एमाले केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य उषाकला राई, केन्द्रिय सदस्य रमेश पौडेल, कोशी प्रदेश सह सचिव देवान राई, जिल्ला कमिटी अध्यक्ष राम प्रसाद दंगाल लगाएतको उपस्थिति रहेको थियो। !










