डिकेन्द्र बस्नेत, झापा । नेपाली ईसाई क्षेत्रका स्थापित गायक एड्रिन देवानको आवाजमा रहेको ‘ येशु येशु नाम ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक तथा निर्माता जोन दर्जिले निकालेको म्युजिक भिडियोमा रचना तथा शब्द दानिएल क्षेत्रीको रहेको छ । यस्तै संगीत संयोजन आमोस तामाङले गरेका छन ।
सुसमाचारिय विधामा बनेको यस गितमा छायांकन दिपेश केसी र ज्ञानु राईले गरेका छन भने सम्पादन संजोक रसाइलीको रहेको छ।
सो म्यजिक भिडियोमा नृत्य कलाकारहरु रुबेन के क्रिश्चियन, दिया तामाङ र एस्तर टोलांगे रहेका छन ।
उक्त गित जोन दर्जिक नामक युटुयुव च्यानल मार्फत सार्वजनिक भएको छ ।
भिडियो हेर्ने तलको लिंक क्लिक गर्नुहोस् ।










