Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

डा. डीआर उपाध्यायको उपन्यास ‘मझधार’ लोकार्पण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 21, 2024

अबिन मेन्याङबाे।  तनहुँ जिल्लाको विमलनगरमा अवस्थित सिद्ध गुफामा विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको उपन्यास ‘मझधार’ लोकार्पण गरिएको छ । सोमबार एक कार्यक्रमबीच कीर्तिमानी लेखक तथा उपन्यसाकार डा. उपाध्याय, कीर्तिमानी गायक तथा सङ्गीतकार सागर अधिकारी ‘शरद’, गायिका काव्य आचार्य उपन्यासका सम्पादक कृष्ण भुसाल, निर्देशक सुभाष प्रधान, युथ क्रियशनका अध्यक्ष रमेश थापा, यमबहादुर थापालगायतको आतिथ्यतामा उक्त कृति लोकार्पण गर्नुभएको थियो ।

नेपालकै ठूलो भनिएको यो गुफा ४३७ मिटर लामो र ५० मिटर उचाइमा छ । यो एसियाको दोस्रो ठूलो गुफासमेत हो । कार्यक्रममा अतिथिले डा. उपाध्यायलाई नयाँ उपन्यासका लागि बधाई तथा शुभकामना दिनुभएको थियो ।

उपन्यास शिखा बुक्सले बजारमा ल्याएको हो । सो अवसरमा कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायले गुफाभित्रै ‘जीवन जगत’, ‘तिलिचो ताल प्रणयनीरले लबालब’, ‘पवित्रा सिर्जना’ र ‘स्वच्छ हराभरा वातावरण’ जस्ता चार कविता सुनाउनुभएको थियो भने एक गजल ‘मनको चाह’ लेखी तत्काल सुनाउनुभएको थियो । यस्तै उपाध्यायको गीतिएल्बम ‘आवृत’ पनि विमोचन गरिएको थियो । गुफाभित्रै कीर्तिमानी डा।उपाध्यायको गीत ‘चाँदनी चाँदनी’ गायका सागर अधिकारी ‘शरद’ र गायिका काव्य आचार्यले लाइभ प्रस्तुत गनुभएको थियो ।

यसैगरी डा।उपाध्यायकै गीत ‘राखिरहु आखाँमा हरपल’ यो गुफामा छायांकन गरिएको छ । सुभाष प्रधानको निर्देशन रहेको भिडियोमा रमेश थापा ‘टीकाध्वज’ र मञ्जु खडकाको अभिनय रहेको छ । भिडियोलाई विनोद तामाङले छायांकन गर्नुभएको हो । डा.उपाध्यायका अनौठा कार्यलाई यहाँ आउने पर्यटकले रोचक ढंगले हेरिरहेका थिए । काठमाडौंको चाबहिल स्कुलका विद्यार्थीले उक्त कार्यलाई नियालेका थिए । यो गुफामा दैनिक सयौं पयर्टक आउने गर्दछन् ।

पृथ्वी राजमार्गको विमलनगर भन्ने ठाउँबाट आधा घण्टाको पैदल यात्रा गरेपछी यो गुफा पुग्न सकिन्छ । यो नेपालको मात्र नभई एसियाकै ठूलो गुफा मानिन्छ । पृथ्वी राजमार्गको तनहुँको डुम्रेबाट दुई किलोमिटर पूर्वविमलनगरमा अवस्थित सिद्ध गुफा समुद्री सतहबाट ६०० मिटरमाथि विमलनगरको ठीक दक्षिण भागमा पर्छ ।

मानिन्छ यो गुफामा एक सन्त ‘सिद्ध बाबा’ले ज्ञान प्राप्त गर्नुभएको थियो । कालो र डरलाग्दो भए पनि यो गुफाको चर्चा देश विदेशमा छ । यहाँ पुग्ने जोसुकैलाई गुफाले दंग बनाउँछ । गुफाको प्रवेशद्वारमा पुग्ने बित्तिकै भित्रबाट आउने चिसो हावाले पैदल यात्राको सबै दुःख भुलाउँछ । विशाल पहाडको काखमा हरियाली वन जंग्लले घेरिएको प्राचीन तपोभूमि जस्तै अनुभव गर्न सकिने यो ठाउँमा पुगेपछि जो कोहीको मन पुलकित हुन्छ ।

विसं २०४४ चैत १३ गते शनिबार अर्थात् सन् १९८८ मार्च २६ मा स्थानीय चन्द्रबहादुर सम्लिङ थापामगर, दुर्गाबहादुर थापामगर, नरबहादुर थापामगर, नारायणबहादुर कुमाल र तात्कालीन नोट्रेडेम उच्च माध्यमिक विद्यालय बन्दीपुरका शिक्षक भारतीय नागरिक वारेन्ट क्वाड्रससमेत पाँचजनाको समूहद्वारा पहिलो पटक यो गुफा पत्ता लागेको थियो । जिदी खोला किनारको घनाजंगल क्षेत्रमा रहेको यो गुफाभित्र ढिकी, जाँतो, गाईका थुन, हात्तीको सुँड, शिवलिंग र विभिन्न देवीदेवताका आकृति स्पष्ट देख्न सकिन्छ ।

डा. उपाध्यायले विभिन्न विधामा १३२ विश्व कीर्तिमान कायम गर्नुभएको छ । यस्तै, उहाँका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौँ गीतका भिडियो पनि सार्वजनिक छन् । डा. उपाध्यायले आफ्ना विश्व कीर्तिमानको संख्या १५१ पुग्ने तयारीमा रहेको जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

उम्मेदवारविरुद्ध भ्रामक सामग्री फैलाउने माथि कार्वाही गरियाेस...

  • March 3, 2026

निर्वाचन गस्तिमा रहेकाे प्रहरी माथि आक्रमण

  • March 3, 2026

कङ्गोस्थित यूएन मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved