काठमाडौं । संयुक्त नागरिक पार्टीले नेतृत्व निर्माण तथा संगठन विस्तार र प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे छ । ललितपुर स्थित साताेआकी ईताे प्रतिष्ठानमा सम्पन्न प्रशिण भेलामा सयाैँ नेता तथा कार्यकर्ता र शुभेच्छुकहरुलाई नेतृव निर्माण सहित नेतृत्व विकास सम्बन्धि प्रशिक्षण दिईएकाे थियाे ।
प्रमुख प्रशिक्षककाे रुपमा साे पार्टीका अध्यक्ष दलमर्दन कामीले
उत्पीडितहरुकाे नेतृत्वमा वैकल्पिक पार्टी निर्माणकाे आवश्यक्ता,पार्टीकाे मार्गदर्शन,पार्टी निर्माणका आधारहरु, पार्टीकाे तात्कालिक कार्यनीति,दिर्घकालिन कार्यनीति तथा रणनीति, पार्टीकाे प्रधान दुश्मन,मित्रशक्ति काे ? पार्टीका नेता तथा कार्यकर्ताकाे जीवनपद्धति,नेता/कार्यकर्ताकाे भूमिका, हाम्राे प्रतिवद्धता लगायत विषयमा प्रशिक्षण सहित पार्टी निर्माणमा लाग्न निर्देशन समेत दिएका छन् ।

साेही कार्यक्रममा पार्टीका वरिष्ठ नेता कमला हेमचुरीले धर्म,सँस्कार,सँस्कृति र राजनीतिकाे अन्तर सम्बन्धका विषयमा
प्रशिक्षण दिँदै संसारकाे राजनीतिमा धर्मकाे ठूलाे महत्त्व हुन्छ । राज्य-सत्ता असल नेतृत्वले गर्नु पर्दछ । असल नेतृत्व भनेका धार्मिक ब्यक्तिहरु हुन् । अहिलेका राजनीति अधर्मीहरुले,झुठ र भ्रमकाे खेती गर्नेहरुले गरेका कारण देश असफल भएकाे बताईन् ।
त्यसैगरी कार्यक्रमका विशेष अतिथी दक्षिण अफ्रिकाका लागि पूर्व राजदूत डा. निर्मल विश्वकर्माले मानव उत्पति र विकास देखि वर्तमान अवस्थासम्म नेपालमा जात ब्यवस्थाले ल्याएकाे जातीय विभेद,छुवाछूत,धार्मिक अल्पसंख्यक माथिकाे विभेद र दमन अनि त्यसबाट मुक्त हुनका निमित्त अबकाे विकल्प भनेकाे उत्पीडितहरुकाे आफ्नै नेतृत्वकाे पार्टी हुनु पर्दछ र संयुक्त नागरिक पार्टीनै यसकाे विकल्प भएकाे बताए ।
अर्का वक्ता तथा पार्टीका वरिष्ठ उपाध्यक्ष प्रेम बहादुर कार्कीले
वैकल्पिक शक्तिकाे निर्माण किन र केका लागि ? भन्ने विषयमा प्रशिक्षित गराए ।
कार्यक्रम सफलताका लागि मुरारी पाण्डे, पार्टीका प्रमुख सल्लाहकार सामूएल संग्राम राई,सल्लाहकारहरु ऋषि रिमाल,जेवी खाती,गुण बहादुर विक,पार्टीका उपाध्यक्ष बलराम विश्वकर्मा (शैलेस) ले सुझाव सहितकाे शुभकामना दिएका थिए ।
संयुक्त नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामीकाे अध्यक्षतामा सम्पन्न उक्त नेतृत्व निर्माण तथा संगठन विस्तार र प्रशिक्षण कार्यक्रममा विशेष अतिथी डा. विश्वकर्मा रहनु भएकाे थियाे भने कार्यक्रम संचालन पार्टीका उपमहासचिव नरेश विश्वकर्मा क्षितिजले गरेका थिए ।










