Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

‘” नेपाली भाका’ मा गुञ्जिए प्रज्वल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 27, 2024

हिमांशु राय,मोरङ । मोरङको बेलबारीमा एक समारोहका बीच बाल गायक प्रज्वल पौडेलको नयाँ गीत ‘नेपाली भाका’ सार्वजनिक गरिएको छ।

अलङ्कार कला केन्द्र बेलबारीको आयोजनामा सांस्कृतिक भवनको सभाहलमा आयोजित विमोचन समारोहका प्रमुख अतिथि बेलबारी वडा नं. ३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदी रहेका थिए भने विशिष्ट अतिथि सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष तथा साहित्यकार छवि वैरागी घिमिरे रहेका थिए। विमोचन समारोहका अतिथिहरू क्रमशः नझरेका फूलहरूका प्रस्तोता केपी घिमिरे, गायक तथा सङ्गीतकार कृष्णभक्त राई,सङ्गीतकार भीम बस्नेत, वाद्यवादक तथा गायक मेखराज कार्की,महिला नेत्री सीता सुवेदी, पत्रकार नरेन्द्र बस्नेत लगायत रहेको मुकेश पौडेलले जानकारी दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि बेलबारी वडा नं. ३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदी सहित सम्पूर्ण अतिथिले नयाँ गीतको अडियो / भिडियो प्ले गरेर गीत विमोचन गरिएको थियो। साथै बाल गायक प्रज्वल पौडेलले आफ्नो नयाँ गीत गाएर सुनाएका थिए।

विमोचन समारोहमा साहित्यकार छवि वैरागी घिमिरे , नझरेका फूलहरूका प्रस्तोता,गीतकार तथा सङ्गीतकार केपी घिमिरे, गायक तथा सङ्गीतकार कृष्णभक्त राई,सङ्गीतकार भीम बस्नेत, महिला नेत्री सीता सुवेदी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए।

बाल गायक प्रज्वल पौडेलको नयाँ गीतलाई सुप्रसिद्ध गीतकार बुद्धवीर लामाले रचना गरेका हुन् भने सङ्गीतकार कृष्णभक्त राईले सङ्गीत तथा एरेन्ज गरेका हुन्।
आज विमोचन गरिएको नेपाली भाका बोलको नयाँ गीत गायक पौडेलको ‘प्रज्वल पौडेल २०७०’ युवट्युव च्यानलमा हेर्न सकिने आयोजक एवम् कार्यक्रमका अध्यक्ष चण्डी सामपाङ राईले जानकारी दिए।

कार्यक्रममा बेलबारी,सुन्दरहरैँचा सहित पूर्वका विभिन्न ठाउँबाट कला,साहित्य र सङ्गीतप्रेमी उल्लेख्य दर्शक-स्रोताको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

उम्मेदवारविरुद्ध भ्रामक सामग्री फैलाउने माथि कार्वाही गरियाेस...

  • March 3, 2026

निर्वाचन गस्तिमा रहेकाे प्रहरी माथि आक्रमण

  • March 3, 2026

कङ्गोस्थित यूएन मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

  • March 3, 2026

बेहाेस भएका मतदान अधिकृतकाे मृत्यु

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved