काठमाडौं । उत्पीडितहरुकाे नेतृत्वमा वैकल्पिक शक्ति निर्माण अभियान अन्तर्गत “संयुक्त नागरिक पार्टी ” काे घोषणा भएको छ । काठमाडौंको बल्खु स्थित स्टार फुडल्याण्को सभालमा पत्रकार सम्मेलन गरि अध्यक्ष दल मर्दन कामी महासचिव बिदुर अधिकारी रहेको २३ सदस्य नागरिक पार्टी नाम घोषणा भए संगै पार्टीको राष्ट्रिय भेला आयोजक समिति गठन गरि सार्वजनिक गरिएको छ ।
माघ ७ गते काठमाण्डाैँमा आयोजित पत्रकार सम्मेलन द्वारा एक महिना पछि फागुन ५,६ र ७ गते पार्टीको राष्ट्रिय भेला गर्ने निर्णय समेत भएकाे साे पत्रकार सम्मेलनमा जानकारी गराएका छन ।

दलमर्दन कामीकाे अध्यक्षतामा गठित प्रथम राष्ट्रिय भेला आयोजक समितिका वरिष्ठ उपाध्यक्षमा प्रेम बहादुर कार्की,वरिष्ठ नेतामा कमलादेवी हेमचुरी,उपाध्यक्षहरुमा ईन्द्रबहादुर राई,देवीलाल प्रसाईं,अष्टकुमारी लमिनी,कालीराम पुर्जा,हाेमबहादुर पुन्, सैलेश विक, महासचिव : विदुर अधिकारी,उप महासचिव नरेश विश्वकर्मा,सचिवहरुमा : साईमन तामाङ्ग,रामबहादुर पाठक क्षेत्री, डिल्लिबहादुर तामाङ र राम महर्जन ,काेषाध्यक्षमा विनय लामा,सह काेषाध्यक्षमा शशीकुमार विश्वकर्मा,सदस्यहरु पूर्णिमा राई परियार,शेरबहादुर चुनारा लगायत रहेका छन् ।
अहिलेसम्मका उपलब्धिहरुकाे रक्षा गर्दै सर्वजातीय, समावेशी,सामाजिक लाेकतान्त्रिक ब्यवस्था निर्माणका लागि उत्पीडितहरुकाे नेतृत्वमा यहि फागुन ५,६ र ७ गते प्रथम राष्ट्रिय भेला गरि “संयुक्त नागरिक पार्टी” काे केन्द्रीय समिति घाेषणा गरिने निर्णय समेत भएकाे छ ।
नवगठित भेला आयोजक समितिलाई पूर्व राजदूत डा.निर्मल विश्वकर्मा,सि.डब्ल्यु.एन्. का अध्यक्ष डा.मित्र परियार,अभियन्ता प्रदिप घताल,पूर्ण विक लगायतले शुभकामना दिएका थिए । उत्पीडितहरुकाे नेतृत्वमा वैकल्पिक शक्ति निर्माण अभियानका संयाेजक दलमर्दन कामीकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमकाे संचालन महासचिव विदुर अधिकारीले गरेका थिए ।










