काठमाडौँ । राष्ट्रिय सभा निर्वाचन लगायतका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ ।
प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने बैठकमा राष्ट्रिय सभा निर्वाचन, टीआरसी विधेयक र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । बैठकमा गठबन्धनका उम्मेदवार राष्ट्रिय सभा निर्वाचनमा जिताउने विषयमा छलफल हुने बुझिएको छ ।











