काठमाडौं । चर्चित रियालिटी शो The Voice of Nepal Season5 को उपाधी टिम मिलनका प्रतिस्पर्धी विनोद राईले जितेका छन् ।
उनले विनरको ट्रफीसँगै २० लाख नगद पुरस्कार प्राप्त गरेका छन् । यस्तै टिम राजेशका प्रतिस्पर्धी मकर योञ्जन फर्स्ट रनर अप, टिम उदयका प्रतिस्पर्धी कुमार प्रयास राई सेकेन्ड रनर अप र टिम प्रमोदका प्रतिस्पर्धी नोगेन लिम्बु थर्ड रनर अप बनेका छन् ।











