डिकेन्द्र बस्नेत झापा। नेकपा एमालेको सम्पन्न केन्द्रीय सचिवालय बैठकले झापा अध्यक्ष दिपक कार्कीसहित ६ जना नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेको छ ।
पार्टीको केन्द्रीय सचिवालय बैठकले प्रदेश अध्यक्षबाट बाहिरिएका ५ जना नेताहरुसहित ६ जना नेतालाई केन्द्रीय सदस्य मनोनित गरेको हो ।

महासचिव शंकर पोखरेलले बैठकपछि दिएको जानकारी अनुसार निवर्तमान प्रदेश कमिटीका अध्यक्षहरु तुलसी प्रसाद न्यौपाने, रामअवतार यादव, केशवराज पाण्डे, बिनोद शाह र दामोदार भण्डारीलाई केन्द्रीय सदस्य मनोनित गरेको हो ।
यस्तै बैठकले झापा जिल्ला अध्यक्ष दिपक कार्कीलाई पनि केन्द्रीय सदस्य मनोनित गरेको महासचिव पोखरेलले बताउनु भयो ।
महासचिव पोखरेलले प्रदेश नेतृत्वमा रहेका ५ जना नेताहरु र लामो समय झापा जिल्लाको नेतृत्व गरिरहेका कार्की लाई केन्द्रीय सदस्य मनोनित गरेको जानकारी दिएका हुन् ।










