काठमाडौं । नेपालका अटो व्यवसायीहरुको साझा संगठन नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालको ४७ औं साधारण सभा आज हुँदैछ । सोल्टी होटलमा आज र भोलि दुई दिन हुने साधारण सभामा नेपालभर छरिएर रहेका अटो व्यवसायीहरु सहभागि हुनेछन् ।
नाडाको अध्यक्षमा करण चौधरीसहित कार्यसमितिका सबै निर्विरोध चयन भएका छन् । नाडाको विधान अनुसार पदाधिकारी भने सदस्यबाटै चयन हुनेछन् ।

सदस्यमा राजनबाबु क्षेष्ठ, सुरेन्द्रकुमार उप्रेती, मिलनबाबु मल्ल, दीपेन्द्र कुमार मिश्रा, पंकज अग्रवाल, कपिल शिवाकोटी, विक्रम सिंघानिया, नवराज भुसाल, आकाश गोल्छा, निराकार श्रेष्ठ, सुनिल रिजाल, प्रदीपमान प्रधान, सञ्जयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की, यमुना श्रेष्ठ, प्रकाश कपुरी निर्विरोध बनेका छन् ।










