Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सुशासनको क्षेत्रमा सरकारले के काम गर्यो त ? एमाले नेता भट्टराई

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 26, 2023

काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व सांसद विशाल भट्टराईले प्रचण्ड सरकारको एक वर्ष असफल भएको दाबी गरे । उनले भने,‘सरकारको एक वर्षको मुल्यांकन गर्दा जनतामा उत्साह सिर्जना गर्ने कुरा प्रधान हो, तर यो सरकारले उत्साह फैलाउन सकेन । एक वर्षको दौरानमा जनतामा निराशा फैलियो । एक जना उटपट्याङ मान्छेले म पूरानो व्यवस्था फर्काउँछु भन्छ । तर, सरकार हेरेरमात्र बस्छ ।’

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नेतृत्व गरेको एक वर्ष पुगेको अवसरमा आयोजना गरेको सरकारका सफलता तथा असफलताबारेको समिक्षात्मक साक्षात्कारमा बोल्दै अहिले मुलुकको अर्थतन्त्र तहसनहस रहेको उनको दाबी छ । उनले भने,‘कर्मचारीलाई तलब खुवाउन आन्तरिक वा बाहृय ऋण लिनुपर्ने अवस्था देखिएको छ । राजश्वको लक्ष्यभन्दा कम रकम उठेको छ । सरकार निर्माण व्यवसायीलाई भुक्तानी दिनसक्ने अवस्थामा छैन् । आन्तरिक रुपमा अर्थतन्त्र तहसनहस छ । सहकारी काण्डमा ठूला मान्छे मुछिएका छन् । बचतकर्ताहरु न्यायको भीख खोज्दैछन् । अहिले ग्यालेक्सी फोर–के बन्द भयो भन्ने आएको छ । अढाई वर्षको अवधिमा यो देशमा एउटा पनि नयाँ परियोजना सुरु भएको छैन् ।’

उनले सुशासनको क्षेत्रमा पनि सरकार पूर्ण रुपमा असफल भएको दाबी गरे । उनले भने,‘सुशासनको क्षेत्रमा सरकारले के काम गर्यो त ? ज्यान मारेकाहरु आममाफी दिईयो । तर, सर्वोच्च अदालतले न्याय दियो । संक्रमणकालिन न्याय टुँगो लगाउनको लागि अहिले के देखिँदैछ छ भने, हिजो मानवताविरुद्धका गम्भीर अपराधमा पनि उन्मुक्ति दिन खोजिँदैछ। एमाले गम्भीर अपराधमा उन्मुक्ति दिन नहुने पक्षमा छ । टिआरसी टुँगो लगाउने कुरामा एमाले पीडित र न्यायको पक्षमा उभिन्छ ।’

प्रधानमन्त्री प्रचण्डको एका वर्षमा सफलताको कुरा गर्दा सत्ता गठबन्धन एक वर्षसम्म जोगाउनु नै मुख्य सफलता रहेको उनको दाबी छ । उनले भने,‘यो सरकारको सकारात्मक काम गठबन्धन जोगाएको छ । बढा सुरक्षित साथ जोगाएको छ । एमाले सरकार ढाल्न लाग्दैन् । हामी सरकार बनाउने वा गिराउने पक्षमा छैनौं ।’ उनले सरकारले विभिन्न काण्डको कुरा गरेर सस्तो लोकप्रियता हाँसिल गर्न खोजेको र ती काण्डमा कतै एमाले भेटिन्छ की भनेर पाना पल्टाएपनि कतै नभेटेको टिप्पणी गरे ।

उनले भने,‘अहिलेको सरकारलाई खुलेआम चूनौति छ, एमाले कतै मुछिएको छ भने सरकारले कारबाही गर्नुपर्यो नि त । ती सबै फण्डा थिए । एमालेको सरकारले राम्रो काम गरेको छ । बदनामी गर्ने काम भयो । जति पनि फाइल खोलिए, हरेक पानामा अनि शब्द–शब्दमा सरकारले त एमाले खोजेको हो । जता पल्टायो सत्ता गठबन्धन मान्छे देखिन्छन् । माओवादी देखिन्छन् । अहिले गृहमन्त्रीको हुँकार पनि बन्द भयो । अहिले सल्याकसुलुक् हरायो ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उमेदवारले मतदातालाइ प्रलाेभनमा पार्ने आशंकामा सादा पाेशाककाे प...

  • March 4, 2026

माैन अवधिमा पैसा बाँढ्ने जसपा उमेदवार यादव पक्राउ

  • March 4, 2026

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved