Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मासिक कराेडाैँ घाटापछि मेडिसिटि हस्पिटल बिक्रिकाे तयारिमा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 14, 2023

ललितपुर। व्यवसायी उपेन्द्र महतो पूर्ण लगानि रहेकाे नेवालकै एक अन्तराष्ट्रिय स्तरकाे भनिएकाे मेडिसिटी अस्पताल बिक्रीको तयारीमा लागेका छन्। महतोले मेडिसिटी अस्पताल बिक्रीका लागि भारतीय उद्योगपतिहरूसँग गरिरहेको डिल अन्तिम चरणमा पुगेको श्राेतले बताएकाे छ।

हाल अस्पतामा कार्यरत विभिन्न डिपार्टका मजदुरहरुलाई पारिश्रमिक समेत समयमा दिन नसक्ने अवस्थामा पुगेकाे मेडिसिटि अस्पतालमा उपचारका लागि आयको सेवाग्राहिलाइ आवस्यक मेडिसियन समेत बाहिरबाट किनाउन बाध्य बनिरहेकाे अवस्थामा छ, श्राेत बताउँछ ।

झन्डै ८ अर्ब रुपैयाँ लगानी रहेको नेपाल मेडिसिटी अस्पताल बिक्रीको तयारीमा महतो लागिरहेका छन्। अस्पताल मासिक करोडाैँ रुपैयाँसम्म घाटामा जान थालेपछि महतोले अस्पताल बिक्रीको प्रयास गरिरहेका हुन्।

भीआईपीहरू भारतसहित विभिन्न देशमा उपचारमा जाने क्रम रोक्न संसारमा भएका हरेक सुविधा दिने घोषणासहित महतोले अस्पताल सञ्चालनमा ल्याएका थिए। निजी क्षेत्रकै सबैभन्दा ठूलो लगानी गरेर अन्तर्राष्ट्रिय सुविधासहितको अस्पताल सुरु गरेका महताले अहिले बिक्रीको तयारी गरेका हुन्।

अन्तर्राष्ट्रिय मापदण्डको सेवासहित ७५० बेडको मेडिसिटी अस्पताल २०७४ असोजबाट सुरु भएको थियो। गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षसमेत रहेका महतोले सञ्चालनमा आएको ८ वर्षपछि अस्पताल बिक्रीका लागि दौडधुप बढाएका हुन्। जसका लागि भारतीय बहुराष्ट्रिय कम्पनीहरूसँग बिक्रीको कुराकानी गरिएको जनाइएकाे छ।

भारतीय कम्पनी टाटासहित केही कम्पनीसँग महतोले अन्तिम ‘डिल’ गरेर सम्झौताको तयारी गरेका छन्।

७५० बेडको मेडिसिटीमा न्युरो साइन्सेज, कार्डियाक, ग्यास्ट्रो, रिनल, अर्थो एन्ड स्पोर्टस् मेडिसिन तथा अंकोलोजी सेन्टर अफ एक्सलेन्सका फरक विभाग स्थापना गरी सेवा सुरु गरिएको थियो।

विश्वबाटै नेपालमा बिरामीको उपचार गर्ने ‘हव’ बनाउने घोषणा गरेका महतोले अहिले अस्पताल बिक्री गर्न लागेका हुन्।

अस्पतालसँगै बैंक, जलविद्युत, टेलिकमलगायत क्षेत्रमा अर्बौं लगानी गरेका महतो पछिल्ला वर्षहरूमा आर्थिक संकटमा रहेका छन्। विगतमा मेरो मोबाइल, युटिएलमा लगानी गरेका महतोले पतञ्जलीमा समेत लगानी गरेका थिए। तर लगभग सबै व्यवसाय अहिले महतोको हातबाट फुत्किँदै गएको जानकारहरु बताउँछन्।

पछिल्लो समय मेडिसिटी अस्पतालमा लगानी गरेर चर्चामा आएका महतोले अस्पताल पनि बिक्री गर्न लागेका छन्। ‘भारतीय कम्पनीको टाटा कम्पनीसँग अन्तिम डिल जारी रहेको छ,’ स्रोतले भन्यो। सम्भवतः ८ देखि १० अर्ब रुपैयाँमा अस्पताल बिक्रीको सम्झौता हुने स्रोतले जानकारी दिएको छ।

महतोले एकपछि अर्को व्यवसाय संकटमा परेपछि सानिमा बैंकको सेयरसमेत बिक्री गरेका थिए। गत सातामात्रै माछापुच्छ्रे बैंकको अध्यक्षबाट पनि उनी हटेका थिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

उम्मेदवारविरुद्ध भ्रामक सामग्री फैलाउने माथि कार्वाही गरियाेस...

  • March 3, 2026

निर्वाचन गस्तिमा रहेकाे प्रहरी माथि आक्रमण

  • March 3, 2026

कङ्गोस्थित यूएन मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved