काठमाडौ । उत्पीडितहरुकाे नेतृत्वमा नयाँ वैकल्पिक शक्ति निर्माण अभियान २०८० काे भर्चुअल बैठक यहि मंसिर २६ ते सम्पन्न भएकाे छ । साे अभियानका संयाेजक दलमर्दन कामीकाे अध्यक्षता र पूर्व राजदुत डा.निर्मल विश्वकर्माकाे प्रमुख आतिथ्यमा भएकाे उक्त जुम बैठकमा उत्पीडित समूदायका थुप्रै सहभागी भएका थिए । कार्यक्रममा प्रमुख वक्ताका रुपमा बाेल्दै पूर्वराजदुत डा. निर्मल विश्वकर्माले आजका दलित समूदायकाे उत्पत्ति,विकास अनि आफ्नै,भाषा,संस्कार-संस्कृति र राज्य समेत भएकाे तर आर्यहरुको आक्रमणबाट सबै ध्वस्त बनाईकाे तथ्यहरु सार्वजनिक गर्नु भएकाे थियाे भने नेपाली दलित आन्दोलनको जागरण कालदेखि प्रतिराेध हुँदै आजको अवस्थासम्म आइपुगेको विषयमा जानकारी दिनुभयाे ।
उत्पीडनकाे ईतिहास लगभग ३५०० वर्षदेखिकाे छ तर प्रतिराेधकाे चरण भने १०० वर्षपनि पुगेकाे छैन त्यसैले अबकाे बाटाे भनेकै प्रतिराेधकाे बाटाे हाे । अहिले सम्मकाे राज्यकाे संरचना जातका आधारमा भएकाेले यसकाे संरचना बदल्नु पर्ने लगायत अबकाे वैकल्पिक शक्तिले गर्नु पर्ने कार्यभार र लिनु पर्ने रणनीतिका बारेमा समेत प्रष्ट पार्नु भएकाे थियाे ।

साे बैठकमा विशेष वक्ताका रुपमा बाेल्दै डा.मित्र परियारले संघर्षका अनेकाैँ रुप र चरणहरु हुन्छन् । कुनै वैधानिक र कुनै अवैधानिक हुन्छन् र कतिपय अवस्थामा दूवैलाई फ्युजन गरेर अगाडि बढ्नु पर्ने पनि अवस्था आउँदछ भन्नु भयाे ।
कार्यक्रममा सहभागिहरुबाट उठेका प्रश्न वा जिज्ञासाहरुकाे जवाफ बैठकका संयाेजक दलमर्दन कामीले दिनु भयाे र उहाँहरुका सुझाव,सल्लाहकाे टिपाेट गरि साे अनुरुप अभियानलाई अगाडि बढाउने प्रतिवद्धता ब्यक्त गर्दै सबैलाई धन्यवाद पनि दिनु भयाे । करिब ३ घण्टा सम्म संचालित उक्त कार्यक्रमकाे संचालन अभियानका अभियन्ता नरेश विश्वकर्मा “क्षितिज” ले धरानबाट गरेका थिए ।










