डिकेन्द्र बस्नेत, झापा । झापाको कमल गाँउ पालिका स्थित कमल नगर अस्पताल क्याम्पालाई सामाजिक व्यक्तित्व गणेश प्रधानले थाईराइड जाँच उपकरण प्रदान गरेका छन।
कमल गाउँ पालिका अध्यक्ष तथा नगर अस्पतालका अध्यक्ष हुकुम सिह राईलाई शुक्रबार उनलेे हस्तान्तरण गरेका हुन ।

गणेश सर्जिकल दमकका प्रोपाइटर तथा कमल गाउँपालिका वडा नम्बर ५ निवासी प्रधानले गाउँ पालिकाबासीहरुको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राखी १ थान थाईराइड जाँच उपकरण मेसिन निशुल्क उपलब्ध गराएका छन।
कमलबासी जनतालाई गुणस्तरीय सुस्वास्थ सेवामा केही मद्दत पुग्नेछ भन्ने अपेक्षा रहेको प्रधानले बताएका छन । उनले सेवा र सहयोग गर्ने अवसर प्रदान गर्नुहुने सिङ्गो कमल गाँउपालिका परिवारप्रती आभार ब्यक्त गरेका छन।
उक्त थाईराईड जाँच मेसिनको मुल्य ६ लाख ५० हजार बराबर रहेको छ।










