भक्तपुर। राष्ट्रिय स्वतन्त्र पार्टि ( रास्वपा ) भक्तपुरद्धारा तिहार,नेपाल सम्बत एबं छठ र उद्यौलीको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
रास्वपा जिल्ला समिति एबं सुर्यविनायक,चाँगुनारायण,मध्यपुर थिमी र भक्तपुर नगर समितीको संयुक्त आयोजनामा शनिबार शंखधर चौक स्थीत यँचु पार्टी भेन्युमा आयोजित कार्यक्रममा रास्वपाका केन्द्रिय महामन्त्री मुकुल ढकाल, संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार,संघीय सांसद बिनिता कठायत लगाएत केन्द्रीय सदस्यहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा ढकालले पार्टी केन्द्रिय समिति र संसदीय दलको बैठक मंसिर ११, १२ र १३ गते महोतरी जिल्लाको जलेश्वरमा हुने जानकारी गराए । बैठकले वडा अधिवेशनका लागि विधि र प्रक्रियाकोबारेमा छलफल हुने उनले जनाए । वडा, नगर, जिल्ला हुँंदै केन्द्रिय अधिवेशन हुने उनको भनाई थियो ।
कार्यक्रममा पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले देशको हालको आर्थिक संकटको कारक २०४६ सालपछि शाशन गर्दै आएका ठूला दलहरुको रहेनुका साथै मुलुकमा आईपर्ने प्राकृतिक संकटमा ठुलादलका नेताहरु करारमा कार्यक्षेत्रमा जाने गरेको र कार्यक्षेत्रमा कसरी सहयोग गर्नुपर्छ भन्ने कुरा रास्वपाले सिकाएको कुरा ब्यक्त गरेकाछन् ।
जिल्ला अध्यक्ष रामेश्वर बस्नेतको सभापतित्वमा सञ्चालित कार्यक्रममा करिब दुई सयको सहभागिता रहेको थियो । सम्पन्न कार्यक्रममा ४ वटै नगर सभापतिहरुले शुभकामना मन्तब्य राखेका थिए ।










