Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नयाँ नोट सटही सुविधा आगामी शुक्रवारसम्म – राष्ट्र बैंक

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 16, 2023

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमवारदेखि दसैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा दिन सुरु गरेको छ । राष्ट्र बैंकले हरेक वर्ष दसैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा दिने गरेको छ । विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि राष्ट्र बैंकले आज देखि आगामी शुक्रवारसम्म नयाँ नोट सटही सुविधा हुने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरेशमान शाक्यले बताए ।

उनले नयाँ नोट सटही गर्दा प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म मात्रै पाउने बताए । उनले काठमाडौं उपत्यकाभित्रको हकमा राष्ट्रिय वाणिज्य बैंक र वाणिज्य बैङ्कहरूले तोकको शाखाबाट नयाँ नोट सटही गर्न सकिने बताए ।

उनले काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने बताए । उनले सर्वसाधरणहरुलाई राष्ट्र बैंकले दिएका नयाँ नोट सुरक्षित रूपमा प्रयोग गर्न आग्रह गरे ।

उनले नयाँ नोटमा टिका लाग्ने मैलो, कालो लाग्ने च्यात्ने काम गर्न आह्वान गरे । उनले नोटलाई सुरक्षित साथ प्रयोग गरियो भने नोटको आयु लामो हुने बताए । उनले सर्वसाधरणहरुले नोटलाई सुरक्षित रूपमा प्रयोग गरे राज्यले छिटो छिटो नोट छाप्नुपर्ने बाध्यता कम हुने बताए ।

उनले नोट सुरक्षित रूपमा प्रयोग गर्दा राज्यको करोडौँ रुपैयाँ बचत हुने बताए । उनले सर्वसाधारणले सकेसम्म क्युआर कोड लगायत विद्युतीय कारोबार प्रणाली प्रयोग गर्न आवश्यक रहेको बताए । उनले आगामी दिनमा डिजिटल करेन्सी जस्तै अन्य उपायहरूमार्फत नोटको चलनचल्ती कम गर्न राष्ट्र बैंकको तयारी रहेको जानकारी दिए ।

उनले भने ‘आजदेखि नेपाल राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ पाउने गरी नयाँ नोट सटही गर्न सुरु गरेका छौँ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय सात वटै प्रदेशकी कार्यालयहरू र वाणिज्य बैङ्कहरूले तोकेका शाखाहरू साथै राष्ट्र बैंक नोट सञ्चालन गरिरहेका ४६ वटा राष्ट्रिय वाणिज्य बैंक र २६ वटा वाणिज्य बैङ्कहरूले भएसम्म सर्वसाधरणहरुलाई नयाँ नोट सटही गर्ने व्यवस्था शुक्रवार सम्मको लागि मिलाएको छ । सर्वसाधरणहरुलाई राष्ट्र बैंकको अनुरोध छ नयाँ नोट सुरक्षाका साथ प्रयोग गरिदिनु होला । टिका लाग्ने मैलो, कालो लाग्ने च्यात्ने काम नगरिदिनु होला । नोटलाई सुरक्षित साथ प्रयोग गरियो भने नोटको आयु लामो हुने छ । छिटो छिटो नोट छाप्नु पर्ने बाध्यता कम हुन्छ । राज्यको करोडौँ रुपैयाँ बचत पनि हुन्छ । सर्वसाधारणले सकेसम्म क्युआर कोड लगायत विद्युतीय कारोबार प्रणाली प्रयोग गर्नुभयो भने नोटको प्रचलन कम गर्न सक्छौँ । आगामी दिनमा डिजिटल करेन्सी जस्तै अन्य उपायहरूमार्फत नोटको चलनचल्ती कम गर्नेतिर लाग्छौँ ।’

त्यस्तै, नयाँ नोट सटही सुविधा सुरु गरेसँगै मानिसहरू लाइनमा बसेर नयाँ नोट सटही गर्न राष्ट्र बैङ्कमा पुगेर नयाँ नोट सटही गरेका छन् । नयाँ नोट सटही गर्न पुगेका खिलराज अधिकारीले राष्ट्र बैंकले लाइनमा सहज रूपमा नयाँ नोट सटही सुविधा रहेको बताए ।

उनले धेरै लाइन समेत बस्न नपर्ने भएकाले सहज रूपमा प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ पाउने भएकाले आफूले १८ हजार ५०० लिएको बताए । त्यस्तै, सलाम सिंह तामाङले पनि विगतको भन्दा नयाँ नोट सटही ज्येष्ठ नागरिकको लागी छुट्टै रूपमा व्यवस्थित गरेकाले सहज भएको बताए ।

उनले नयाँ प्रविधि अनुसार पैसा बोकेर नपाए पनि क्युआर मार्फत पनि पैसा साट्न सक्ने व्यवस्थाले अझ सहज बनाएको बताए । नयाँ नोट सटही गर्न पुगेको अर्को सर्वसाधारण ढकबहादुर बुढाथोकीले नयाँ नोटको गाउँघरमा महत्त्व हुने भएकाले सटही गरेर लैजान राष्ट्र बैंक आएको बताए ।

विगतका वर्षहरूमा भन्दा यस वर्ष राष्ट्र बैंकले वाणिज्य बैङ्कहरूको सीमित शाखाहरूबाट मात्रै नोट बाँड्ने व्यवस्था मिलाएको छ । केही बैङ्कहरूले नोट सटही गर्ने शाखाहरूको सूचि समेत निकालेका छन् । सटही गर्दा पाँचको एक प्याकेट, १० को, २० को, ५० को र सय रुपैयाँ दरको एक प्याकेट उपलब्ध गराउनेछ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उमेदवारले मतदातालाइ प्रलाेभनमा पार्ने आशंकामा सादा पाेशाककाे प...

  • March 4, 2026

माैन अवधिमा पैसा बाँढ्ने जसपा उमेदवार यादव पक्राउ

  • March 4, 2026

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved